Friday, November 22, 2024

आजको मिति: २०८१ मंसिर ७ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पक्राउ परे दुर्गा प्रसाई
Next
Prev

गण्डकी प्रदेशमा ढल्यो एमालेको सरकार

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा ।
गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेसँगै उनी नेतृत्वको सरकार ढल्न पुगेको हो ।


आज प्रदेश सभामा मागेको विश्वासको मतमा उनले २४ मतमात्रै पाएका हुन् ।
अधिकारीले संसदमा विश्वासको मत गुमाएसँगै स्वतः मुख्यमन्त्री पद पनि गुमाएका छन् ।


मुख्यमन्त्री अधिकारीको पक्षमा २४ मत खस्दा विपक्षमा ३५ मत खसेको थियो ।
५९ जना सहभागी संसद अधिवेशनमा अधिकारीलाई नेकपा एमालेका २२, राप्रपाका २ जना गरी २४ जना सांसदले विश्वासको मत दिएका थिए ।


माओवादी केन्द्र ७, नेपाली कांग्रेसका २७ सांसद र मनाङबाट स्वतन्त्र चुनाव जितेर हाल एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३५ सांसदले विपक्षमा मतदान गरेका थिए ।
६० सदस्यीय गण्डकी प्रदेशमा बहुमत पु¥याउन ३१ मत ल्याउनुपर्ने हुन्छ । सत्ता सारथि नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता भएको थियो ।


माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मत पाएका थिए ।
नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा पुस २५ गते नेकपा एमालेका खगराज अधिकारीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist