Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

गर्ग गोत्र , “लामिछाने थापा ” खलकहरूको विशेष भेला सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

जनकविकेशरी धर्मराज थापाले लेख्नु भएको “लामिछाने थापाको वंशावली”नामक खोजपूर्ण ऐतिहासिक पुस्तक विस २०३९ सालमा प्रकाशित भएको थियो ।



सो पुस्तकमा “लामिछाने थापा”हरूको वंशावली मात्र नभएर सिरूपाली बस्नेत, लामा कार्कि, गोदार थापा, सुवेदी खत्री छत्री, बगाले थापा -पैाडेल, थामे अधिकारी आदिको वंश पनि उल्लेख गर्ने प्रयास गरिएको छ।



योगी नरहरिनाथले सो पुस्तकको मन्तव्यमा भन्नुभए अनुसार सो पुस्तकले “राष्टिृय चेतना जगाउने छ” र “ऐतिहासिक पूर्खाका सपूतहरूले आफ्ना पूर्वजहरूको पवित्र पाइला पैल्याउनेछन्” भन्ने संदेश दिनु भएको छ।



दुर्गम पहाडका उकाली ओराली , भञ्ज्याङ्को सिर्सिरे वतास, झुत्रा-मुत्रा नाम -गाम थर -घरका पतकर सरहका पानाहरू खोस्रदै, पल्टाउदै पसिनामा निथ्रुक्क रूझ्दै संकलन गरिएका वारे आफ्ना अनुभव राख्दै लेखकले “हाम्रा आदरणीय पूर्खाहरूको इतिहास सवैले पहिचानुन् र जाती र कुलकोअज्ञानताबस कुलीनता विलीन नहोस् भन्ने उद्देश्यले वंशावलीको अन्वेषण कार्यमा लागेको भन्ने भनाइ उल्लेख छ। यसै सन्दर्भमा भेला आयोजना गरि जिल्ला कार्यसमिति गठन गर्नु थियो।



भेलामा नुवाकोट क्षेत्र समेत लगभग ६० जनाको उपस्थितिमा दुई जना जेष्ठ वन्धुहरूलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
अन्तमा, वन्धुहरू वीच भावनात्मक सम्वन्ध स्थापित गर्दै बिभिन्न कार्यक्रम संचालन गर्न एक तदर्थ जिल्ला कार्यसमिति गठन भयो ।
सो कार्यक्रम लामिछाने थापा क्षत्री समाज नेपाल मध्य क्षेत्रिय समितिका अध्यक्ष श्री मोहन बहादुर थापाको अध्यक्षतामा भएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist