‘विज्ञापन लगानी हो खर्च होइन’ भन्ने उद्घोषका साथ वि.सं. २०६७ जेठ ५ गतेबाट सेवा आरम्भ गरेको परिचय एड्भर्टाइजिङ डिजाइन, छपाई, इभेन्ट म्यानेजम्यान्ट, अनलाइन सञ्चार माध्यम, एलइडी स्क्रिनबोर्ड, होर्डिङबोर्ड, फ्याक्ट्री स्थापना र सञ्चालन गरी ३ दर्जनभन्दा बढी व्यक्तिलाई रोजगार दिँदै, राज्यलाई कर तिरी उद्यमशीलताको पाठशालामा रूपान्तरित भएको छ ।

विज्ञापन भनेकै उद्योग र व्यवसायलाई प्रवद्र्धन गर्ने माध्यम हो, यसमा राज्यका तीनै निकाय द्वारा व्यवसायलाई प्रोत्साहन र लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्छ । परिचयले गण्डकी प्रदेशको राजधानी पर्यटकीय सहर पोखराको मुटु पृथ्वीचोकमा गण्डकी प्रदेशकै सबैभन्दा ठूला एलइडी स्क्रिनबोर्ड स्थापना र सञ्चालन गरेको छ ।

डिजिटल दुनियाँमा गरिने पत्रकारिताको मर्मलाई आत्मसात गरेको छ । ठूला कुराभन्दा सानो काम सुरु गरेर त्यसलाई निरन्तरता दिनुले नै सफलता प्राप्त हुन्छ भन्ने कुरामा परिचय ढुक्क छ ।
समस्त सेवाग्राही, सरकारी तथा गैरसरकारी संघसंस्था, नियोग लगायत विज्ञापनदाता, पाठक दर्शक सबैमा अझ् परिष्कृत चुस्तदुरुस्त सेवा प्रवाह गर्न कटिवद्ध रहने छ। सद्भाव, सहकार्य र सहसम्बन्ध नै हाम्रो कार्यसम्पादनको उर्जा हो ।

यसलाई निरन्तरतामा रूपान्तरण गर्ने वाचा गरेको छ । समस्त शुभचिन्तक र विज्ञापनदाताबाट विगतमा झै साथसहयोग पाउने अटल विश्वास राखेको छ।