पोखरा । नेपाल प्रेस युनियन कास्की शाखाको दशौं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनबाट अध्यक्ष पदमा बासुदेव मिश्र, उपाध्यक्षमा विजय लम्साल, उपाध्यक्ष महिला ज्योती हमाल, सचिव धन बहादुर गुरुङ, सहसचिव सपना अधिकारी, कोषाध्यक्ष निराजन अधिकारी र कार्यसमिति सदस्यमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिमा सापकोटा, बलबहादुर रोका मगर, देवीका तामाङ, सविन विक निर्विरोध निर्वाचित भएका हुन् ।