✍️अजय केसी
“हामी सुधार्छाैं हाम्रो बिद्यालय” भन्ने मुल नारा कार्यन्वयन गर्ने प्रतिवद्वता सहित कास्की जिल्लाभरिका सामुदायिक बिद्यालयका व्यवस्थापन समितिहरुकाे उपस्थितिमा केन्द्रीय महासंघकाे नेतृत्वमा क्षमता अभिबृद्धि, प्रथम सम्मेलन तथा अधिवेशन सम्पन्न भएकाे छ ।
उक्त सम्मेलनले वरिष्ठ समाजसेवी, कालिका मा. वि. पोखरा १० रामवजारका विध्यालय ब्यवस्थापन समितीका आदरणीय अध्यक्ष दिपक बहादुर थापाको सभापतित्वमा २३ सदस्यीय सामुदायिक विद्यालय व्यवस्थापन समिति कास्की जिल्ला महासंघ सर्वसम्मत चयन भएकाे छ ।
जसमा अध्यक्षमा दिपक बहादुर थापा, उपाध्यक्षहरुमा राजकुमार तामाङ(पुरुष) अप्सरा श्रेष्ठ (महिला),सचिवमा अर्जुन मल्ल, कोषाध्यक्षमा नारायण कुमार श्रेष्ठ,सह सचिवमा प्रेम बहादुर तमाङ,
सदस्यहरूमा तिलक बहादुर खडका,लेख बहादुर गुरुङ,रुद्र बहादुर क्षेत्री,अनिता तिमल्सिना,धनमाया गुरुङ,खेल बहादुर गुरुङ,सवावक्स मिया र प्रकाशलाल श्रेष्ठ सर्वसम्मत चयन भएका निर्वाचन मण्डलका संयोजक अधिवक्ता बोधराज बरालले बताउनुभयो।