Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

पोखरा ६ बैदाममा कम्पोष्ट बिन र कुटो वितरण

Share on facebook
Share on twitter
Share on linkedin

✍️गणेश पहारी
पोखरा, जेठ २८ । “घरको फोहोर घरमै मोहोर अर्गानिक खानपान स्वाथ्थ जिवन” भन्नै नारालाई आत्मासात गर्दै पोखरा महानगर पालिका पशु तथा कृर्षि महाशाखा को आयोजना र वडा स्तरीय कृर्षि सञ्जाल पोखरा महानगर पालिका वडा ६ बैदामको समन्वयमा पोखरा ६ बैदाममा कम्पोष्ट बिन र कुटो वितरण गरिएको छ ।



शनिबार सम्मपन्न कार्यक्रममा पोखरा महानगर पालिका वडा न ६ मा रहेका आमा समुह, टोल विकास र कृर्षि सञ्जालका सदस्यहरुलाई कौशि खेति अभिमुखिकरण सहित करिब ६० वटा कम्पोष्ट विन र कृर्षि औजार कुटो वितरण गरिएको थियो ।



कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगर पालिका पशु तथा कृर्षि महाशाखा प्रमुख मनोहर कडरियाले घरबाट निस्कने फोहोरलाई कम्पोष्ट मलका रुपमा प्रयोग गर्ने सके मोहरको रुपमा आम्दानि गर्ने सक्ने बताए । घरमा बनाएको कम्पोष्ट मल लाई आफ्नो खेतबारीमा प्रयोग गरेर अर्गानिक खेति गर्ने सुझाए ।
बिशेष अतिथि तथा पोखरा महानगर पालिका पशु तथा कृर्षि महाशाखा पामेकी प्रमुख पुनम कुवँरले घर आगन बाट निस्कने फोहोरmलाई सदुपयोग गरि कम्पोष्ट मलको रुपमा प्रयोग गर्ने सके मात्र बिदेश बाट आउने मलबाट परनिर्भता कम गर्ने, सहयोग पुग्र्ने आशा ब्यक्त गरिन ।



पोखरा महानगर पालिका कौशि खेति एडमिन तथा कृर्षि सञ्जाल पोखरा ६ बैदामकी अध्यक्ष भावना रानाभाटको सभा अध्यक्षतामा भएको कार्यक्रममा संञ्जीविनी आमा समहु पोखरा ६ गैरीखेतकी अध्यक्ष भगवति बानिया र कृर्षि सञ्जाल पोखरा ६ बैदामका सचिब शिबु सुवेदी लगाएतका बक्ताहरुले गृहणि महिलाहरुलाई कम्पोष्ट मलको बारेमा तालिम दिन सकेकामा आर्थिक स्तर बृद्दि हुने भनाई राखेका थिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist