Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

माछापुच्छ्रे – १, शारदा मा.वि मा निशुल्क दंन्त परिक्षण

Share on facebook
Share on twitter
Share on linkedin

हेमजा, ३२ जेष्ठ । कास्की माछापुच्छ्रे गा.पा–१, खहरेटोलमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा विहिबार निशुल्ल दन्त शिविर सम्पन्न भएको छ । लियो क्लब अफ पोखरा नर्थको आयोजन एंव कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको प्राविधि सहयोगमा कार्यक्रमको आयोजन गरिएको थियो ।


एक दिने निशुल्क दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,शिक्षक–शिक्षिका गरि १९५ जनाले दंन्त स्वास्थ्य जाँच गराएका थिए । परिक्षण गराएका मध्य १० प्रतिशतमा स्केलिङ,आर.सि.टि,दात झिक्नुपन, दाँत भर्न पर्ने, समस्याहरु देखिएको र अन्यको दंन्त स्वास्थ्य अवस्था सामान्य रहेको कान्तिपुर डेन्टलका सि.ई.व प्रतिकमान श्रेष्ठले जानकारी दिनुभयो ।


पब्लिक हेल्थ अफिसर आयुशा अधिकारीले दन्त शिविरमा परिक्षण गराएका विरामीलाई अस्पताल जाँदा १५ प्रतिशतसम्म छुट दिने घोषण गर्नुभएको थियो । सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक चाहना पुनले विद्यार्थीको दंन्त स्वास्थ्य परिक्षण सहतिको जनचेतना कार्यक्रम गरि सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै रेडियो हेमजाका स्टेशन म्यानेजर एंव लियो क्लब अफ हेमजाका अध्यक्ष निराजन अधिकारीले आयोजक, प्रविधिक समुह ,विद्यालय परिवार लगाएत सहभागि विद्यार्थीहरुलाई बिषेश धन्यवाद दिदै शैक्षिक निरन्तरता साथ नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्यमा लाग्नु पर्ने जोड दिनुभयो ।


लियो क्लबका अध्यक्ष लि.मनिष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा लियो प्लेज लिं सिद्धर्थ सापकोटाले ,ध्वजाको अभिबादन लि.स्वस्थिका बरालले साथै सहजिकरण क्लबका प्रथम उपाध्यक्ष लिं अनिष दाहालले गर्नुभएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist