Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

अमरसिँह माविमा रक्तदान कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

अमरसिंह मा. वि. भुपु विद्यार्थी एसाेसिएसन तथा परिवर्तनका लागि हामि अभियान नेपालको सयुक्त आयोजनामा पोखराको अमरसिह माविमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।



प्रमुख अतिथि तथा बिध्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको रक्तदान कार्यक्रममा 26 युनिट रक्त सङ्कलन भएको थियो । प्रमुख अतिथिले  सबै रक्तदाताहरुलाइ  धन्यवाद दिदै रक्तदान महादान भएको वताउदै  आयोजकलाइ आगामि दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गर्दै सामाजिक उत्तरदायित्य बहन गर्दै बिध्यालयको गरिमालाइ उचाइमा पुर्याउन र समाजमा राम्रो काम गरेर परिवर्तन ल्याउन युवा हरुको महत्त्वपूर्ण भुमिका रहने वताए।
सोही अवसरमा बिध्यालयका भुपु बिध्यार्थि एसाेसिएसन तथा परिवर्तन का लागि हामि अभियान नेपालका अभियानकर्मि तथा विभिन्न सघ सस्थाका व्यक्तित्व द्वारा रक्तदान कार्यक्रमा सहभागिता रहेको थियो । 


कार्यक्रममा विशेष अतिथि पोखरा उध्योग बाणिज्य सघका उपाध्यक्ष गोकर्ण कार्कि, सल्लाहकार डा कृष्ण केसि ,प्र अ कृष्ण थापा, जनप्रतिनिधि शान्ता थापा ,साथै विध्यालय  व्यवस्थापन  समिति सदस्य गोबिन्द घिमिरे परिवर्तनका लागि हामी अभियान नेपालका संरक्षक सल्लाहकार शिवराज बस्ताकाेटि शिव दाई लगायतले  आ आफ्ना भनाइ  राखेका थिए। 



कार्यक्रममा भुपु बिध्यार्थि एसाेसिएसन लगाएत बिभिन्न सघ सस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्व हरुको समेत उपस्थिती रहेको थियो।


भूपू विधार्थी एसनेसिएसनका अध्यक्ष विष्णु तिमिल्सिनाकाे अध्यक्षतामा गरिएको रक्तदान कार्यक्रम सचिव महेन्द्र भुर्तेल तथा  कार्यक्रम सयोजक नवीन श्रेष्ठले सचालन गरेका थिए। भने स्वागत मन्तब्य उपाध्यक्ष राजेन्द्र बस्ताकोटिले दिएका थिए। धन्यवाद ज्ञापन कार्यक्रम संयाेजक नवीन श्रेषठले गरेका थिए । कार्यक्रम अमरसिंह मा.वि काे प्राङ्गणमा भएकाे थियाे ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist