Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

मुद्रण उद्योग र मनिपाल बिच स्वास्थ्य परीक्षणमा सहमति

Share on facebook
Share on twitter
Share on linkedin

मुद्रण उद्योग संघ कास्की र मणिपाल शिक्षण अस्पताल पोखरा बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति भएको छ ।


मुद्रणको तर्फबाट अध्यक्ष चिन्तामणी बास्तोला र मनिपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले आज एक कार्यक्रमका विच सहमति पत्रमा हस्ताक्षर गरी दुवै पक्षबाट मञ्जुरी गरेका हुन् । भने सम्पर्क व्यक्तिमा मनिपालको तर्फबाट प्रमुख जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठ र मुद्रणको तर्फबाट महासचिव पदम श्रेष्ठ रहेको मुद्रण उद्योग संघ कास्कीका द्वितीय उपाध्यक्ष प्रकाशराज पौडेलले जानकारी गराए ।


मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बाँस्तोलाले उक्त कार्यक्रममा बोल्दै मुद्रण व्यवसायी, कर्मचारी र उनका परिवारहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै मनिपालसँग मञ्जुरी सहित सम्झौता गरिएको जानकारी गराउनुका साथै कास्कीमा करिब १ सय भन्दा बढी मुद्रण उद्योगहरु रहेको र करिब ८ सय जना रोजगारीमा आवद्ध रहेको बताए ।


अध्यक्ष बास्तोलाका अनुसार “मुद्रण उद्योग संघ कास्कीमा आवद्ध कर्मचारी र परिवारका सदस्यहरुले मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार गर्दा निशुल्क दर्ता र अन्यमा १० देखि २५ प्रतिशत सम्मको छुटको व्यवस्था सहित सम्झौता गरिएको छ । व्यवसायी तथा कर्मचारी र उनका परिवारहरुको आधिकारीक परिचयपत्र वितरणको काम सुरु गरिएको र त्यसै परिचय पत्रका आधारमा छुट हुनेछ” उनले भने ।


मनिपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परिक्षण योजना’मा अस्पताल र मुद्रण उद्योग संघ कास्की बिच सहमति गरिएको जानकारी गराए ।


त्यसैगरी अस्पतालका जनसम्पर्क अधिकृत कृष्ण मोहन श्रेष्ठले मुद्रण व्यवसायीहरुसँग स्वास्थ्य परिक्षण योजनामा सहमति गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य शिविर लगायतका काममा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष पदमलाल श्रेष्ठले सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै सहमतिले मुद्रण व्यवसायमा आवद्ध व्यवसायी, कर्मचारी र उनका परिवारहरुलाई विशेष राहत मिल्ने बताए ।


त्यसैगरी प्रदेश अध्यक्ष बसन्त बास्तोलाले मुद्रण उद्योग संघ कास्कीले अति आवश्यक र उल्लेखनिय कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए ।


कार्यक्रममा मनिपाल शिक्षण अस्पतालका सञ्चालक नारायण पौडेल, सहायक व्यवस्थापक रुद्र खत्री, मुद्रण उद्योग संघ कास्कीका सहकोषाध्यक्ष झंकनाथ अधिकारीलगायतको उपस्थिति रहेको थियो । 


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist