पोखरा, ९ जेठ
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसावले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको दावी गरेका छन् ।
पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको उद्घाटन गर्दै आयार्चले भने, “न्याय सम्पादन निरुपण गर्न दिएको काममा राम्रो कार्यसम्पादन गरेको स्थानीय तहका रुपमा स्थापित भएको छ । महानगरमा आउने क्षेत्राधिकारभित्रका विवाद र समस्यालाई न्यायिक समितिले निरुपण गरेका हकमा अदालतबाट पनि सुरु समितिकै निर्णय सदर भएका छन् । यसले गदाँ यहाँको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ ।”
मेयर आचार्यले न्यायिक समितिमा थुप्रै समस्या आएका छैनन ।त्यो नआओस भन्नका लागि वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुुभयो । स्थानीय तह वडाका टोलटोलमा समस्या समाधान गर्न र सहजीकरणका लागि संयन्नत्रका रुपमा मेलमिलापकर्ताहरुको व्यवस्था गरेको बताउदै राज्यले मेलमिलापकर्तालाई गर्नुुपर्ने सहयोग र सपोर्ट गर्न नसकिएको बताउदै त्यसका लागि न्यायिक समितिसंग छलफल गरेर मिल्ने सहयोग गर्नेर्छौ मेयर आचार्यले आश्वासन दिए ।
पोखरा महानगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक मञ्जुुदेवी गुुरुङले विवाद समाधानको उपयुक्त उपाय भएको बताइन् । “मेलमिलापले विवादका दुवै पक्षलाई जितको अवस्था सृजना गर्ने भएकाले मेलमिलापले समाजमा सद्भाव कायम हुने गर्दछ ।” उनले भनिन् । गुरुङले न्यायिक समितिलाई उत्कृष्ट बनाउन मेलमिलापकर्ताको सहयोग र साथले सम्भव नभएको बताउदै तालिमले विवाद समाधानमा सहयोग पुुग्ने विश्वास ब्यक्त गरिन् । न्यायिक समिति सदस्य कालिदास पोखरेलले मेलमिलापकर्तालाई सहज हुने बताए । तीन सम्म चल्ने तालिममा पोखरा महानगर १९ देखि ३३ नम्वर वडाका मेलमिलापकर्ताको सहभागीता रहेको छ ।