Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

महिलाहरू कुटपिट गरि मोबाईल चोर्ने २ जना पक्राउ

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पृथ्वीनारायण क्याम्पसको पछाडीतर्फ रहेको खाली चौरमा २ जना महिलाहरुलाई कुटपिट गरी उनीहरुको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 


क्याम्पसको पछाडीतर्फ रहेको खाली चौरमा महिलालाई कुटपिट गरी उनीहरुको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको छ ।


आइतबार क्याम्पसको पछाडीतर्फ खाली चौरमा २ जना महिलालाई अपरिचित व्यक्तिहरुले लछारपछार गरी खुकुरी समेत प्रहार गरी घाइते बनाएर उनीहरुको मोबाइल चोरी गरेको आरोपमा पोखराका २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए । 


उनका अनुसार चोरी भएको मोबाइलसहित पोखरा महानगरपालिका–११ फुलबारी बस्ने ३२ वर्षीय सागर नेपाली र २१ वर्षीय सुजित नेपाली रहेका छन् । 


पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्ध कसूरमा ८ दिनको म्याद थप गरी अनुसन्धान बडाएको कास्की प्रहरी ले जानकारी दिएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist