✍️ अजय क्षेत्री
रोजगारीको सिलसिलामा भारतको जम्मु कश्मीर गएपछि बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । सिरहाका २१ र धनुषाका ७ जनालाई उद्धार गरी धनुषा ल्याइएको धनुषाका सहाक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले बताए ।
सीडीओ भुसालका अनुसार उनीहरुलाई कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएको उनीहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पहलमा भारतीय स्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्यिा संस्थाको समन्वयमा नेपाल फर्काएको हो ।