Friday, September 20, 2024

आजको मिति: २०८१ आश्विन ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

किसान संघ पोखरा-६ को अध्यक्षमा ओमनाथ अधिकारी

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
किसान संघ पोखरा महानगरपालिका ६ को अध्यक्षमा ओमनाथ अधिकारी चयन भएका छन् । संघको बिहीबार भएको दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा आठ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।


संघको उपाध्यक्षमा नारायण पोखरेल, सचिव मोतिराज कोइराला, सहसचिव विष्णुप्रसाद पहारी र कोषाध्यक्षमा पार्वती पौडेल चयन भएका छन् । सदस्यमा लक्ष्मीप्रसाद पहारी, सीता पौडेल र हीरा पौडेल चयन भएका नेपाली वडा इकाई ६ का सचिव प्रकाश न्यौपानेले जानकारी दिए ।


गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले किसानको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी सरकारले कार्यक्रमको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।


रासायनिक मलको मूल्यवृद्धि रोकि, दीर्घकालीन योजना बनाइ रासायनिक मलको अभाव हुने अवस्था अन्त्य ग हुनुपर्ने उनले सरकारलाई अनुरोध समेत गरे ।


नेपाल किसान संघ कास्कीका अध्यक्ष पुण्डरीप्रसाद बरालले रासायनिक मलको विकल्पमा प्रांगारिक मल प्रयोग गर्न साथै कृर्षी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।का थिए भने


संघका क्षेत्रिय सभापति रवि अधिकारीले कृर्षी औजार र बीउबिजनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले कालोबजारी गर्नेलाई कारबाही गरि सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गरे ।


संघका बैदामका अध्यक्ष लोकराज पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इकाई सभापति सन्तोष पौडेल, नेपाली कांग्रेस गण्डकी प्रदेश संघ गठन विभागका उपप्रमुख प्रभा पौडेल सुवेदी र नेपाल तरुण दलका केन्द्रिय सदस्य लक्ष्मण पहारी लगायतले पहिलो प्राथमिकता नै किसानका हकहितमा हुनुपर्ने भनाइ राखेका थिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist