Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

बिटी क्लवको खुल्ला रक्तदानमा १सय ४युनिट रगत संकलन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखराः   पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब (बिटी) ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ ।



अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए ।बिटी क्लबले अब हरेक वर्ष खुला रक्तदानको आयोजना गर्ने उनले बताए ।



पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए ।उनका अनुसार क्लबका सदस्यहरु, पोखरा महानगरपालिका १ बगरका स्थानीय तथा भर्ती प्रशिक्षण केन्द्रका प्रशिक्षार्थी लगायतले रक्तदान गरेका थिए ।



कार्यक्रमका प्रमुख अतिथि पोखरा १ का वडाध्यक्ष शाहरा प्रधानले सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
उनले क्लबको सकारात्मक र रचनात्मक कार्यमा वडा कार्यालय सधै सहयोेग गर्न तत्पर रहेको धारणा राखेका थिए ।



क्लबले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्धारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा, पोखराले प्राविधिक सहयोग गरेको थियो ।  
खेलकुदको क्षेत्रमा सेभेन ए साइड फुटबल प्रतियोगिता गर्दै आएको क्लबले सामाजिक क्षेत्रमासमेत काम गर्दै आएको छ । 


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist