Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
Next
Prev

पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि उमेद्वारी चयनमा उथल पुथल

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि उमेद्वारी चयनमा उथल पुथल भएको छ । अध्यक्षका आकांक्षी अर्जुन पोखरेलले अर्का अध्यक्षका आकांक्षी गोकर्णको टिमका भनिएका लगभग सबै पदाधिकारी आफ्नो पक्षमा तानेर उमेद्वारी घोषणा गरेका छन् ।


यही भदाै‌ २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । यो अधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ । संघको अध्यक्ष बन्न गोकर्ण कार्की र अर्जुन पोखरेल आकांक्षी छन् ।
३४ औं अधिवेशनमा अध्यक्ष पदमा निर्वाचन लडेका अर्जुन पोखरेल यस पटक पनि चुनावी मैदानमा उत्रने तयारीमा थिए भने बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की स्वभाविक दावेदार थिए ।


३४ ‌औं अधिवेशनमा पवन प्रजापतीको प्यानल नै विजयी भएकाले यस पटक पनि पवन कै प्यानलबाट विजयी भएका गोकर्ण कार्कीको टिमले निरन्तरता पाउने आँकलनका बीच एका एक उथल पुथल भएको छ । गोर्कर्णको टिमका भनिएका प्राय सबै पदाधिकारीले अर्जुन पोखरेलको टिमबाट उमेद्वारी घोषणा गरेका छन् ।


शनिबार अपरान्ह अर्जुन पोखरेलले आफ्नाे पदाधिकारीसहितको टिमको घोषणा गरेका छन् । अर्जुनको टिमबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र उपमहासचिवमा बालकृष्ण कोइरालाले उमेद्वारी घोषणा गरेका छन् ।


यसअघि गोकर्णको टिमबाट वरिष्ठ उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा दिनेशचन्द्र बास्तोला र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठको नाम चर्चामा थियो । तर ती सबैलाई समेटर अर्जुनले टिम घोषणा गरेका छन् ।


आफ्ना टिमका भनिएका अधिकांश अर्जुनको टिमबाट उमेद्वार बन्ने भएपछि के गर्ने भन्ने बारेमा गोकर्णले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist