Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
Next
Prev

पोखरा महानगरको अनुगमन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री


पोखरा, भदौ २ गते । पोखरा महानगरपालिले आइतबारदेखि बजार अनुुगमन सुरु गरेको छ । बजारमा मुल्यबृद्धि,मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुुज जन्य तथा खाद्यय सामग्री बिक्री वितरण भैरहेको जनगुुनासो आएपछि अनुुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुुनासो आएपछि पहिलो चरणमा माछा र मासुुमा अनुुगमन सुरु गरिएको हो ।


महानगरका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासुु पसलमा अनुुगमन गरेको हो । अनुुगमनका क्रममा कुहिएर खाना योग्य नभएको २१९ केजी माछा र खसिको मासुु १५ केजी गरी २३४ केजी जफत र उनीहरुलाई जरिवाना गरिएको छ । जफत गरिएको माछा र मासुु भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पीटमा डिस्पोज गरिएको पोखरा महानगर बजार अनुुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए । अनुुगमनका क्रममा कुहिएको माछा फेला परेपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित गराई जरिवाना गरिएको छ । १७ वटा मध्य १० वटा माछा पसललाई ५० हजारदेखि १५ हजारसम्म गरिवाना गरिएको छ । जरिवानाबाट २ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन समेत भएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।


अनुुगमनका क्रममा पोखरा महानगरपालिका वडा नम्वर ९ बसपार्कमा संचालन रहेको लाचन फिस सप्लायर्सबाट १ सय केजी, पोखरा ९ बसपार्कमा रहेको माछाको होसल गर्ने राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरी दुवैलाई ५०÷५० हजार जरिवाना गरिएको छ । त्यस्तै पोखरा ८ सृजनाचोकमा रहेको सद्धाम फ्रेस हाउसबाट  खान योग्य नभएको ८ केजी माछा र खसिको मासु, जस्मिन फ्रेस हाउसबाट ७ केजी खसिको मासु जफत गरिएको थियो भने दुवै पसललाई ३०÷३० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै अनुुगमन टोलीले पोखरा ८ श्री कम्प्लेक्समा संचालनमा रहेको न्यू रमेश फिस हाउसबाट १३ किलो ३ सय ग्राम सडेको माछा भेटिएको र उक्त माछा जफत गरी २० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै न्युू सुुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्र लगायत ५ वटा पसललाई १५ हजारका दरले जरिवाना गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । अनुुगमनमा पसल नविकरण नभएको,सरफाइ नभएको, सिसा, जाली नलगाई बाहिर बेच्ने गरेको, डि फ्रिज नभएको, माछा पसल संचालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको, पसल दुर्गन्धित देखिएकाले जरिवाना गरिएको र आइन्दा यस्तो भेटिएमा पसल बन्द गराउने चेतावनी सहित छाडिएको छ ।


माछा तथा मासु बिक्री गर्ने अन्य ७ वटा पसललाई मुुल्यसुचि राख्न, पसल सरसफाई गर्न, पसल दर्ता गरी मापदण्ड अनुसार संचालन गर्न सुुझाव दिदै पून दोश्रो पटक पनि अटेर कारबाही गर्ने सर्तमा छोडिएको छ ।


पोखरा महानगरपालिकामा गुुनासो र नेपालीहरुका चाडपर्वहरु पनि सुरुवात भएकाले बजार अनुुगमन सुुरुवात गरिएको महानगरका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङले जानकारी दिइन् । विगतमा भएका अनुुगमनले बजारमा केही सुुधार देखिएको भएपनि सोचे जस्तो नदेखिएको बताउदै अव नियमित अनुुगमन गरिने उनले बताइन् । उपप्रमुुख गुुरुङले अनुुगमनका क्रममा दिइएको सुुझावलाई कार्यान्वयन नगर्ने र फेरी गलत भेटिएमा जरिवाना सहित अन्य कानुुनी कारबाही गरीने बताइन् । उनले उपभोक्ताहरु स्वयम सचेत बन्नुपर्ने र महानगरले सचेतनामुलक कार्यक्रम गर्ने बताइन् ।चाडपर्वमा मात्रै अनुुगमन गर्ने भन्ने आरोप लाग्ने गरेकाले यस वर्ष अगाडीनै अनुुगमन थालिएको उपप्रमुख गुुरुङको भनाई छ ।


जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्यालले माछा पसल दर्दनाक देखियो । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने देखिएको र उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कारबाही गरिएको बताए । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(घ) को कसुरमा दफा ३९ बमोजिम कारबाही गरिएको छ ।


अनुगमनमा महानगरका उपप्रमुख एवं अनुुगमन समिति संयोजक मञ्जुुदेवी गुुरुङ, वडा अध्यक्ष रुद्रनाथ बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्याल, महानगर आर्थिक विकास महाशाखा प्रमुुख मनहर कडरिया,भेटेनरी हस्पिटल तथा पशुु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डे, पोखरा महानगरपालिका बजार अनुुगमन समितिका सदस्यसचिव अनिल कार्की, पशुु चिकित्सक डा अनन्त कोइराला, महानगर पशुुसेवा शाखा प्रमुख आशिष विक, पशुु शाखा अधिकृत नवराज अधिकारी, कास्की जिल्ला उपभोक्ता हकहित संरक्षण समितिका अध्यक्ष राजेन्द्र लिगल, उपभोक्ता हकहित संरक्षण समितिका सचिव कमल पौडेल, खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरिक्षक सविना सुनार, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा, सहकारी शाखा कर्मचारी राजु सुवेदी, पत्रकारहरु रिखिराम जिसी, विनु मगर, विजय नेपाल, एकराज गिरीको उपस्थिति रहेको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist