✍️ विवेक न्याैपाने
गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणित स्वास्थ्य प्रयोगशाला, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले छैटौं अधिवेशनबाट नयाँ सञ्चालक समिति चयन गरेको छ। यस अधिवेशनले अध्यक्षमा ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइराला लाई निर्वाचित गरेको छ। साथै, गीता कार्की पन्थ, डा. वसन्त पंगेनी, शशिधर पौडेल सदस्यका रूपमा चयन भएका छन्।
यसैगरी, प्राविधिक सल्लाहकारको रूपमा डा. कृष्णराज अधिकारी, प्रशासनिक सल्लाहकारको रूपमा तारिणीप्रसाद लम्साल, र आर्थिक सल्लाहकारको रूपमा बालाकृष्ण शर्मा रहेका छन्।
नयाँ सञ्चालक समितिलाई बधाई ज्ञापन गर्दै युआरएललाई नेपालकै अग्रणी प्रयोगशालाको रूपमा स्थापित गर्ने उद्देश्य व्यक्त गरिएको छ। युआरएलले आफ्नो प्राविधिक क्षमता र सेवाको गुणस्तरलाई उच्चतम स्तरमा पुर्याउँदै देशभरिका जनतालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
यो नयाँ नेतृत्वले गण्डकी प्रदेश र समग्र नेपालमा स्वास्थ्य सेवा क्षेत्रमा थप योगदान पुर्याउने विश्वास लिइएको छ।