✍️ सागर गिरी
पोखरा १७ स्थित छोरेपाटन बेलघारी टोल विकास संस्थाको ९ औं वार्षिक साधारणसभा एवं छैटौं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष सरिता घिमिरे र नारी उत्थान दिदी बहिनिहरूका अध्यक्ष जानुका पौडेलले स्वागत मन्तव्य राख्नुभयो।
बेलघारी युवा कल्बका अध्यक्ष कृस्न खत्री, भवन सरक्षण समितिका संयोजक धन बहादुर भुजेल, र छोरेपाटन चौकीका इन्चार्ज सूर्य थापा मगरले कुनै समस्या भएमा अफिस फोन नउठेमा सिधै आफ्ना व्यक्तिगत मोबाइलमा सम्पर्क गर्न आग्रह गरेका थिए।
मुख्य अतिथि वडा अध्यक्ष राधिका शाहीले टोलका समस्या समाधानमा हरपल साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशेष अतिथि झपिन्द्र राज रेग्मीले टोलका समस्याबारे एकजुट भएर काम गर्नुपर्ने महत्त्वमा जोड दिनुभयो।
अधिवेशनमा विभिन्न टोल विकास संस्थाका अध्यक्ष र स्थानीय बासिन्दाको बाक्लो उपस्थिती रहेको थियो। दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको छ, जसमा अध्यक्ष बुद्धि बहादुर कार्की, उपाध्यक्ष इन्द्र खत्री, सचिव शिव न्योपाने, सह-सचिव पार्बती अधिकारी, कोषाध्यक्ष राजकुमार थापा र सदस्यमा सागर गिरि, कृस्न खत्री, भोजबहादुर शाही, खेमराज सुवेदी, टकमाया राना, र कृस्नकुमारी गुरुङ रहेका छन्।
साथै, जेष्ठ नागरिक र १२ कक्षा पास गरेका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ। डेभिड फल क्लबका महासचिव दीपक सुवेदीले अधिवेशन सफल बनाउन शुभकामना दिएका थिए।
यस अधिवेशनले टोल विकासमा नयाँ ऊर्जाका साथ अगाडि बढ्ने विश्वास दिलाएको छ।