Sunday, October 20, 2024

आजको मिति: २०८१ कार्तिक ४ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

पोखरामा रास्वपाका प्रमुख नेताहरूको सहभागितामा प्रदर्शन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख नेताहरूको सहभागितामा प्रदर्शन भएको छ। पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेपछि रास्वपाका नेताहरु आक्रोशित भएका छन्। रास्वपाले यो गिरफ्तारीलाई राजनीतिक पूर्वाग्रहको रूपमा व्याख्या गर्दै विरोध प्रदर्शन गर्दै आएको छ। पोखरामा नेता तथा कार्यकर्ताले रविको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरे।


पूर्वगृहमन्त्री समेत रहेका रविलाई शुक्रबार साँझ पार्टी कार्यालयबाट पक्राउ गरी पोखरामा ल्याइएको थियो। उनलाई सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा कारबाहीको सिफारिस गरिएपछि पक्राउ गरिएको हो। संसदीय छानबिन समितिले गोर्खा मिडियामा सहकारीको रकम अपचलन भएको ठहर गर्दै कानूनी कारबाहीको सिफारिस गरेको थियो। पीडितहरूले रविलाई पक्राउ गरिएको घटनालाई न्यायको आशा गरे पनि रास्वपाका नेता कार्यकर्ताहरूले यसलाई प्रतिशोधको रूपमा लिएका छन्।


रास्वपाका नेताहरूले सरकारमाथि राजनीतिक प्रतिशोध लिएको आरोप लगाउँदै देशभर आन्दोलन चर्काउने चेतावनी दिएका छन्। पार्टी उपसभापति डीपी अर्यालले सरकारलाई महँगो पर्ने चेतावनी दिए भने अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले राजनीतिक प्रतिकार गर्ने बताए। सांसद विराजभक्त श्रेष्ठले पनि सरकारलाई चुनौती दिँदै कडा आन्दोलनको संकेत गरे।


सहकारी ठगी प्रकरणमा संलग्न अन्य व्यक्तिहरू पनि पक्राउ परेका छन्। रास्वपाका नेताहरूले रवि लामिछानेको गिरफ्तारीलाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गर्दै विरोध प्रदर्शनलाई तीव्र बनाउँदै जाने बताएका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist