✍️ विवेक न्याैपाने
काठमाडौं – प्रेम लामगाडेले थाइल्याण्डमा आयोजना भइरहेको मिस ग्रान्ड इन्टरनेशनल २०२४ मा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन्।
यस प्रतियोगितामा उनले आफ्नो राष्ट्रिय पोशाकमार्फत नेपालको संस्कृति र जैविक विविधता प्रस्तुत गरेकी छिन्, जसलाई अन्तर्राष्ट्रिय समुदायबाट प्रशंसा मिलिरहेको छ। लामगाडेको पोशाक नेपालका राष्ट्रिय पक्षी “लाफ्फोपोरस” (डाँफे) र राष्ट्रिय फूल “लालीगुराँस” बाट प्रेरित छ, जसले नेपाली सौन्दर्य र प्रकृति झल्काउँछ।
लामगाडेले थाइल्याण्डमा भइरहेको यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेकोले नेपालीहरूमा गर्वको अनुभूति भइरहेको छ। भोलि हुने यो प्रतियोगिताको ग्रान्ड फिनालेमा नेपालको समर्थन गर्न सबै नेपालीहरूलाई लामगाडेको पक्षमा रहन अपिल गरिएको छ।
नेपाललाई समर्थन गरौं र प्रेम लामगाडेको सफलताको कामना गरौं ।