✍️ अजय क्षेत्री
काठमाडौं महानगरपालिका प्लास्टिक र विदेशबाट आयातित फूलमाला हटाउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सक्रिय भएको छ। महानगरले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै, स्वदेशमा उत्पादन भएका फूलहरूको बिक्री र व्यवस्थापनलाई प्राथमिकता दिइरहेको छ।
महानगरपालिकाले विशेष गरी तिहारजस्ता चाडपर्वको समयमा स्वदेशी फूलमालाको प्रयोग बढाउने उद्देश्यसहित बजार अनुगमनलाई कडा बनाएको छ। अनुगमनका क्रममा प्लास्टिक र विदेशबाट आयात गरिएका फूलमाला जफत गर्दै, व्यवसायीलाई स्वदेशी उत्पादनको बिक्रीमा जोड दिन महानगरले आग्रह गरेको छ। यस कार्यबाट स्वदेशी कृषक तथा उद्यमीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ।
महानगरपालिकाका अनुसार स्वदेशमा उत्पादन भएका फूलहरूले मात्र वातावरण संरक्षणमा सघाउ पुर्याउँदैन, यसले नेपाली अर्थतन्त्रलाई समेत बलियो बनाउन मद्दत पुग्नेछ।