✍️ अजय क्षेत्री
पोखरा, मंसिर १२ – पोखरा लेडी जेसीजको २०२५ को अध्यक्षमा अनिता थापा खड्का निर्विरोध चयन भएकी छन्। जेसीजको ३१औं शाखा अधिवेशन तथा ३६औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित अध्यक्ष थापा खड्काको नेतृत्वमा कार्यकारिणी उपाध्यक्षमा नन्दकुमारी ढुङ्गाना, कानुनी सल्लाहकारमा प्रमिला सुवेदी, सचिवमा करुणा पाण्डे, कोषाध्यक्षमा सुनिता गौतम भण्डारी, सहसचिवमा सिर्जना आले (ईशा), र उपाध्यक्षमा इन्दिरा तिमिल्सिना, गीता सुवेदी, बिनिता केसी, र सरिता भुजेल चयन भएका छन्।
त्यस्तै, निर्देशकमा मेलिना गुरुङ, यशोदा कुँवर, दिपा न्यौपाने, र ममता गर्वुजा निर्वाचित भएका छन्। वृद्धि सभापतिमा सुभद्रा बराल, प्रकरण निर्देशकमा रचना अधिकारी, र तालिम आयुक्तमा सगुन पौडेलले जिम्मेवारी पाएका छन्।
अध्यक्ष थापा खड्काले निर्वाचित सबै पदाधिकारीहरूलाई बधाई दिँदै आगामी वर्ष संस्था अझ प्रभावकारी बनाउन योजनाबद्ध रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।