Wednesday, December 4, 2024

आजको मिति: २०८१ मंसिर १९ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

महाेत्सवकाे पनि महाेत्सव २०औं लेखनाथ महोत्सव,पुस १८ देखि माघ १ गतेसम्म

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा — लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा सुन्तला प्रदर्शनीबाट सुरु भएको लेखनाथ महोत्सवले २० औं संस्करणसम्म निरन्तरता पाएको छ। आगामी पुस १८ देखि माघ १ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २७, डाँडाको नाक, तालचोकमा महोत्सव आयोजना गरिने भएको छ।


लेखनाथ क्षेत्रको संस्कृति, स्थानीय उत्पादन, र आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवलाई समयअनुसार परिमार्जन गर्दै नेपालकै उत्कृष्ट महोत्सवका रूपमा स्थापित गरिएको छ। यस वर्ष उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी सहआयोजक रहने छन्।


स्टल बुकिङ र व्यवस्थापन


महोत्सवका लागि ३३६ वटा स्टल रहनेछन्। अटो प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला, गार्मेन्ट, फुड एन्ड बेभरज, नेपाली उत्पादन, र बैंक तथा वित्तीय संस्थाका स्टल प्रमुख आकर्षण हुन्। सदस्यहरूले स्टल राखेमा २० प्रतिशत छुट र ढुवानीका लागि थप २ हजार रुपैयाँ उपलब्ध गराइनेछ। स्टल बुकिङ सदस्यका लागि मंसिर १७ र अन्य व्यवसायीका लागि मंसिर २४ गतेदेखि खुला हुनेछ।


मुख्य कार्यक्रम र आर्कषणहरू


महोत्सवले सांस्कृतिक, शैक्षिक, र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्दैछ। यसपालि महिला समूहबीच हाजिरी जवाफ प्रतियोगिता र नव प्रतिभा खोजीअन्तर्गत खुला युगल जोडी नृत्य प्रतियोगिता महोत्सवको विशेष आकर्षण हुन्। एशियाका ज्योतिको रूपमा चिनिने गौतम बुद्धको प्रतिमा पनि महोत्सवमा प्रदर्शन गरिनेछ।


अन्य मुख्य आकर्षणहरू:


सुगम संगीततर्फ पप कन्सर्ट र लाइभ व्यान्ड प्रस्तुति।


राष्ट्रियस्तरका कलाकारद्वारा लोकदोहोरी र हास्यव्यंग्य प्रस्तुति।


विद्यालयस्तरीय खुला चित्रकला प्रदर्शनी।


बाल उद्यान र उत्कृष्ट स्टल पुरस्कार।


स्थानीय उत्पादन र प्रवद्र्धन


महोत्सवमा लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, जैविक तरकारी, दुग्धजन्य उत्पादनको प्रदर्शनी र बिक्री हुनेछ। साथै, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी, र शैक्षिक प्रदर्शनीले महोत्सवलाई थप समृद्ध बनाउनेछ।


महोत्सवको उद्देश्य


लेखनाथ महोत्सवले स्थानीय कृषि, औद्योगिक, र हस्तकलाका उत्पादनको प्रवद्र्धन गर्दै उद्यमशीलता र सृजनशीलतामा जोड दिने लक्ष्य राखेको छ। साथै, जातीय भेषभूषा, कला संस्कृति, र रीतिरिवाजको जर्गेना गर्दै आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्य महोत्सवको प्राथमिकता हो।


पूर्वसन्ध्याका कार्यक्रमहरू


महोत्सवको पूर्वसन्ध्यामा झाँकी प्रदर्शन तथा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रमहरू आयोजना हुनेछन्। महिला विशेष कार्यक्रमअन्तर्गत रत्यौली गीत प्रस्तुति विशेष आकर्षण हुनेछ।


लेखनाथ महोत्सव स्थानीय विकास, समृद्धि, र सांस्कृतिक पहिचानको प्रबर्द्धन गर्ने एउटा प्रमुख प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist