Thursday, December 5, 2024

आजको मिति: २०८१ मंसिर २० ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

शुक्लागण्डकी कोटिहोम–२०८१ : धार्मिक पर्यटकीय केन्द्र विकासको दिशामा महत्वपूर्ण कदम

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखराको ढुङ्गेसाँघु, पट्नेरीमा आयोजित शुक्लागण्डकी कोटिहोम–२०८१ धार्मिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण कार्यक्रमको रूपमा सम्पन्न भइरहेको छ। कोटिहोमको दोस्रो दिन मंगलबारदेखि कथा प्रवचन सुरु भएको छ, जसमा प्रमुख वाचक शोभाकान्त ढकाल (कृपालु दास), दिग्र्शनवाचक शिरोमणी दीपक सापकोटा, र भागवतमञ्जरी पुज्य राधाकिशोरी दासीले कथा बाचन गरेका थिए।


यो धार्मिक कार्यक्रमको मुख्य उद्देश्य शुक्लागण्डकी क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्नु हो। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरेका थिए। आयोजक समितिका संयोजक नारायण भण्डारीका अनुसार, स्थानीय भक्तजनको उल्लेखनीय उपस्थिति रहेको छ।


कोटिहोमका मुख्य विशेषताहरू


१०८ शिवलिङ्ग र १०८ गौमुखी धारा निर्माण गर्ने योजना।


१०८ सिँढीको निर्माण गरी सेती नदीसम्मको पहुँच।


जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना।


१५ भन्दा बढी वाचकलाई निम्त्याइएको।


सहभागिताका लागि व्यवस्था


ढुङ्गेसाँघु बसपार्कसम्म आएका भक्तजनलाई यज्ञ स्थलसम्म पुर्याउन आयोजकले गाडीको व्यवस्था गरेको छ।


मंसिर २७ गतेसम्म सञ्चालन हुने यो कोटिहोममा श्रद्धालु भक्तजनलाई सहभागी हुन आयोजकले अनुरोध गरेको छ।


यस किसिमका कार्यक्रमले धार्मिक, सांस्कृतिक र सामाजिक विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist