✍️सागर गिरी
पोखरा – नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि आगामी २८ मंसिरमा हुने निर्वाचनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। डन न्यूजका सम्पादक राजेन्द्र अधिकारी र महासंघका हालका सचिव माधव बराल प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका छन्।
प्रेस सेन्टर र समाजवादी पत्रकार संगठनको तर्फबाट साझा उमेदवार अधिकारीले आफ्नो प्यानल घोषणा गरेका छन्। त्यस्तै, प्रेस चौतारी र प्रेस युनियनको तर्फबाट बरालले प्यानल घोषणा गरेका छन्। अधिकारी महासंघ कास्कीका पूर्वउपाध्यक्ष हुन् भने बराल वर्तमान सचिव हुन्।
पदाधिकारी र उम्मेदवारहरू
अध्यक्षका दावेदारद्वय अधिकारी र बरालको नेतृत्वमा विभिन्न पदका लागि उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ।
उपाध्यक्ष:
अधिकारी प्यानलबाट श्रीराम सिग्देल
बराल प्यानलबाट माधव रेग्मी
स्वतन्त्र उम्मेदवारी: कमल पौडेल अथक
महिला उपाध्यक्ष:
अधिकारी प्यानलबाट बिनु मर्साङी मगर
बराल प्यानलबाट कञ्चन थापा
सचिव:
अधिकारी प्यानलबाट सन्देश श्रेष्ठ
बराल प्यानलबाट भुपाल गुरुङ
सहसचिव:
अधिकारी प्यानलबाट श्रीभद्र पौडेल र दिलप्रसाद गुरुङ
बराल प्यानलबाट मधु अधिकारी र धनबहादुर गुरुङ
कोषाध्यक्ष:
अधिकारी प्यानलबाट सुरेशराज अधिकारी
बराल प्यानलबाट राजाराम पौडेल
स्वतन्त्र उम्मेदवारी: युवराज गुरुङ
सदस्य पदका उम्मेदवार
अधिकारी प्यानलबाट पुष्पराज दाहाल, चिरञ्जिवी पौडेल (उत्तम), विष्णु गौतम, कविता घर्तीमगर, र सन्तोष परियारले उम्मेदवारी दिएका छन्। बराल प्यानलबाट अर्जुन गाहा ‘सुशान्त’, गौरव त्रिपाठी, तुलसीराम सुवेदी, निराजन अधिकारीलगायतका उम्मेदवारहरू रहेका छन्।
निर्वाचन मिति
महासंघको निर्वाचन २८ मंसिरमा देशभर एकैसाथ हुँदैछ। जिल्ला, प्रदेश, र केन्द्रमा मतदानको तयारी अन्तिम चरणमा पुगेको छ। कास्कीमा उम्मेदवार मनोनयन २६ मंसिरमा सम्पन्न भएको हो।
यस निर्वाचनले नेपाल पत्रकार महासंघ कास्कीको आगामी नेतृत्वको दिशा तय गर्नेछ।