✍️ सागर गिरी
पोखरा, मंसिर २९ – उपकार बचत तथा ऋण सहकारी संस्था (साकोस)को १७औं साधारणसभा तथा छैटौँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। सभाबाट संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिमा सूर्यनाथ पहारी अध्यक्ष चयन हुनुभएको छ भने उपाध्यक्षमा सुन्दरराज पहारी, सचिवमा कृष्णकुमारी पौडेल, र कोषाध्यक्षमा बैकुण्ठ ढुङ्गाना निर्वाचित भएका छन्। यसैगरी सदस्यहरूमा राम खाँड, कृष्णप्रसाद बस्ताकोटी, भागीरथी क्षेत्री, हरिप्रसाद पहाडी, र रश्मिता बराल चयन हुनुभएको छ।
लेखा समितिको संयोजकमा अमृत भुजेल तथा सदस्यहरूमा हेरम्माप्रसाद अधिकारी र हेमराज चालिसे चयन भएका छन्। ऋण उपसमितिमा धनपति पौडेल र लक्ष्मी सुवेदी, र शिक्षा उपसमितिमा हरिराज कोइराला र सिर्जना शर्मा भण्डारी सदस्य चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर भट्टराई रहनुभएको थियो। सभामा स्वागत मन्तव्य उपाध्यक्ष दुर्गा पहारीले व्यक्त गर्नुभएको थियो।
यस अवसरमा उपस्थित सदस्यहरूले संस्थाको प्रगति र आगामी योजनाबारे चर्चा गरेका थिए। अध्यक्ष सूर्यनाथ पहारीले सहकारीलाई थप व्यवस्थित, पारदर्शी, र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
संस्थाको योगदान र आगामी योजना
कार्यक्रममा संस्थाले समाजलाई दिएको योगदान र आगामी वर्षका योजनाबारे जानकारी गराइएको थियो। विशेष गरी शिक्षा, ऋण प्रवाह, र सामाजिक सेवाका क्षेत्रमा प्रभावकारी कार्य गर्ने योजना सार्वजनिक गरिएको छ।
उपकार साकोसको यो नयाँ नेतृत्वले सहकारी क्षेत्रलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरिएको छ।