चीनमा भएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यो भूकम्पमा परी कम्तीमा १३० जना घाइते भएका छन्।
नेपालमा भने हालसम्म कुनै पनि मानवीय क्षति नभएको पुष्टि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले गरेको छ। केन्द्रद्वारा जारी विज्ञप्तिमा सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस गरिएको जानकारी दिइएको छ।
नेपालका सम्बन्धित क्षेत्रहरूमा भूकम्पपछि थप क्षतिको सम्भावना बारे मूल्याङ्कन कार्य जारी रहेको जनाइएको छ।