पोखरा, शनिबार – प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैठौं अधिवेशनले दीननाथ बरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। पोखरामा सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
बरालको नेतृत्वमा चयन भएको कार्यसमितिमा उपाध्यक्ष (खुला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) मा शोभा बराल, सचिवमा लिला चन्द्र अधिकारी (सरोज), सहसचिवमा अर्जुन हिताङ र प्रतिभा अधिकारी, तथा कोषाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल चयन भएका छन्।
यस्तै, कार्यसमितिका सदस्यहरूमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोख्रेल, कविता घर्तीमगर, र प्रकाश बराल चयन भएका छन्। निवर्तमान अध्यक्ष कृष्ण दवाडीका अनुसार कार्यसमितिमा दुई सदस्य थप गर्ने सुविधा पनि रहेको छ।
केन्द्रिय परिषद् सदस्यहरूमा कृष्ण दवाडी, सिद्धान्त शाही (रणबहादुर), पदम रेग्मी, नारायण शाही ठकुरी, सन्तोष नेपाली, र श्यामसुन्दर पराजुली (राज) चयन भएका छन्।
प्रदेश परिषद् सदस्यहरूमा श्रीभद्र पौडेल, शुरेसराज अधिकारी, हेमराज अधिकारी, फडिन्द्र अधिकारी, राम्जी प्रसाद आचार्य, मिनाकुमारी थापा, सन्देश श्रेष्ठ, रबिनाथ दाहाल, लक्ष्मी सुनार, राजकुमार घिमिरे, चिरन्जिवी पौडेल (उत्तम), सविना राना, लिलानाथ आचार्य, र कृष्णमाया पोखरेल (शान्ति) चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष दीननाथ बरालसहित सबै पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।