Thursday, May 15, 2025

आजको मिति: २०८२ जेष्ठ २ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

सन्तोष पाण्डेको अध्यक्षतामा कोरियन भाषा संघ नेपाल को पहिलो राष्टिय भेला सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम  राष्ट्रिय भेला गरेर उनिहरु संगठित  भएका हुन ।  भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन  गरेको छ । 


समितिको उपाध्यक्षमा  जगनाथ न्यौपाने, नारायण थापा (निसान्त ),  सपराज राइ, सचिव मा योजेन्द्र  वाग्ले , सह सचिव हरि  कडेल,  उदयराम जैशी रुद्र फुयाल रहेका छन भने  कोषाध्यक्ष मा  टंक प्रसाद चयन भएका छन् । 


यसैगरी  सदस्यमा  जयराम आचार्य,  यामप्रसाद पाण्डे (आशिष),  जीवन कुमारी राई, शुशील प्रसाद  कुसवाहा र  प्रकाश नेपाली रहेको निर्वाचन मन्डलका समयोजक रामचन्द्र लामिछाने ले जानकारी दिएका छन्  ।  


कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता बिकास गर्ने,  हकहितको संरक्षण  गर्ने  तथा कोरियन भाषा प्रशिक्षण लाई ब्यबस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष नारायण थापा (निसान्त) ले बताए । अध्यक्षमा चयन भएपछि पाण्डेले  सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए  ।  आफ्नो ध्यान सबैको  अपनत्व हुने संघको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए ।


आयोजक संस्था कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा २ सय भन्दा  बढी कोरियन भाषा प्रशिक्षण  केन्द संचालित रहेको नवनिर्वाचित अध्यक्षले जानकारी दिए।


राष्ट्रिय भेलाको उद्वघाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए । 


सो अवसरमा उनले  कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्‍याएको योगदानको प्रसंसा गरेका थिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist