भारतको ७६ औँ गणतन्त्र दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई पठाएको शुभकामना सन्देशमा नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै दुई देशबीचको आपसी सहयोग र मित्रताको अझ सुदृढीकरणको कामना व्यक्त गरेका छन्। उनले भारत र भारतीय जनताको प्रगति र समृद्धिका लागि आफ्नो शुभकामना व्यक्त गरे।
प्रत्येक वर्ष जनवरी २६ मा मनाइने भारतको गणतन्त्र दिवसले सन् १९५० मा संविधान लागू गरी भारतलाई गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झना गराउँछ।