अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
यसअघि, काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गरेपछि भक्तपुर प्रहरीले पुनः पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा पेश गरेको थियो।
न्यायिक प्रक्रियामा रहेका व्यक्तिहरूलाई बारम्बार पक्राउ गरी अन्यत्र डुलाउने कार्यले मानव अधिकारको उल्लङ्घन हुन सक्ने भएकाले यसप्रकारका क्रियाकलाप नगर्न सम्बन्धित निकायलाई आग्रह गरिन्छ।