Saturday, April 19, 2025

आजको मिति: २०८२ बैशाख ६ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

अनेरास्ववियुको प्यानललाई विजयी गराउन अपील!

Share on facebook
Share on twitter
Share on linkedin

✍️दिपिशा बस्नेत `निहारिका´


पृथ्वीनारायण क्याम्पस पोखरामा यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यानललाई अत्याधिक बहुमतले विजयी गराऔँ।


स्ववियु निर्वाचनमा अनेरास्ववियुको अध्यक्ष पदमा विष्णु पोखरेल (MA/LLB), सचिव पदमा विराट दु‌वाडी (BA.LL.B./885), तथा कोषाध्यक्ष पदमा सन्दीका गुरुङ (B.Sc.) को उम्मेदवारी रहेको छ।


त्यसैगरी, प्रत्यक्षतर्फका सदस्यहरूमा एलिशा भट्टराई (BA.LL.B.), सुशिल अधिकारी (885), विशाल लम्साल (MBA), प्रचण्ड शक्ति गुरुङ (BA.LL.B.), वृषभ चालिसे (B.Sc.CSIT), अनुजराज अधिकारी (MA), जमुना शर्मा (BCA) र सुजन शर्मा सापकोटा (B.ED.) रहेका छन्।


समानुपातिकतर्फ विक्रम क्षेत्री (BA), सबिना शर्मा (BBS), सौगात गिरी (BBS), सुशान्त अधिकारी (BBS), नवेद आलम अन्सारी (BA.LL.B.), सुजन लामिछाने (BBS), प्रशान्त कुमार आचार्य (MBA), भोलानाथ पराजुली (ALEX) (MBS/MA) र भुवन सिं सेर्मा (BA.LL.B.) लगायतका उम्मेदवारहरू रहेका छन्।


अनेरास्ववियुलाई नै किन मतदान गर्ने?
१) शैक्षिक कार्यक्रमलाई नियमित बनाउने: क्याम्पसमा सञ्चालन भएका BBA, BALLB, B.Sc CSIT, BPA, MPA, BCA लगायतका कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) को प्राइभेट कार्यक्रमबाट नियमित कार्यक्रम बनाउने।


२)छात्रावास सुधार: सुविधा सम्पन्न पुरुष छात्रावास निर्माण गर्ने तथा महिला, कन्या र विज्ञान छात्रावासको सिट सङ्ख्या बढाई थप व्यवस्थित र सुविधायुक्त बनाउने।


३)प्रविधिमैत्री पूर्वाधार: प्रत्येक Faculty मा कम्प्युटर ल्याब, इन्टरनेट, स्मार्ट बोर्ड, प्रोजेक्टर जस्ता अत्याधुनिक प्रविधिको व्यवस्था गर्ने।


४)पुस्तकालय सुधार: पुस्तकालयमा पर्याप्त नयाँ पुस्तकहरू थप्ने र E-library लाई प्रभावकारी बनाउने।


५)खेलकुद प्रवर्द्धन: खेल मैदानलाई व्यवस्थित गरी बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने, Indoor तथा Outdoor खेलहरू खेल्ने प्रबन्ध मिलाउने तथा आवश्यक प्रशिक्षकहरूको व्यवस्था गर्ने।


६)स्वास्थ्य र सरसफाइ: क्याम्पसमा सेनिटरी भेन्डिङ मेसिन को प्रभावकारी व्यवस्था, स्वच्छ शौचालय तथा शुद्ध खानेपानी को सुनिश्चितता।


७)विद्यार्थी सुविधा विस्तार: क्याम्पसभित्र रहेको परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतका सुविधा सहज रूपमा उपलब्ध गराउने।


८)वैचारिक तथा शैक्षिक गतिविधि प्रवर्द्धन: गोष्ठी, Group Discussion, Lecture Series, Book Review, Seminars जस्ता कार्यक्रम सञ्चालन गर्ने।


९)डिबेट तथा युवा संसद: क्याम्पसमा Model Youth Parliament, Parliamentary Debate जस्ता कार्यक्रम सञ्चालन गर्ने।


१०)सह-शैक्षिक क्लबहरू स्थापना: आवश्यकता अनुसार Sports Club, Literature Club, Debates Club, Drama Club जस्ता समूह गठन गरी विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्ने।


११)बस भाडा छुट प्रभावकारी कार्यान्वयन: अनेरास्ववियुको आन्दोलनको उपलब्धि स्वरूप ४५% बस भाडा छुटको प्रभावकारी कार्यान्वयन गर्ने।


११)पढ्दै-सीक्दै-कमाउँदै कार्यक्रम: सरकारी तथा निजी संस्थाहरूसँग सहकार्य गरी Internship तथा Part-Time Job का अवसर सिर्जना गर्ने।


१२)शैक्षिक क्यालेन्डर तथा पBरीक्षा प्रणाली सुधार: त्रि.वि. को शैक्षिक क्यालेन्डरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, परीक्षा प्रणालीलाई व्यवस्थित बनाउने तथा समयमै नतिजा प्रकाशन गर्ने।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist