Saturday, April 19, 2025

आजको मिति: २०८२ बैशाख ६ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

स्ववियु सभापति उम्मेदवार निर्दोष विक्रम पौडेलको चेतावनी: “यदि जनप्रिय क्याम्पसमा मतदान रोकिन्छ भने कास्कीभर चुनाब हुन दिँदैनौं!”

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा — यही चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर जनप्रिय बहुमुखी क्याम्पसमा अन्योलता देखिएको छ। नेपाल विद्यार्थी संघ (ने.वि.संघ) को समर्थन बढ्दै गएपछि निर्वाचन आयोगमाथि विभिन्न दबाव परेको ने.वि.संघले जनाएको छ।


ने.वि.संघका तर्फबाट सभापति पदका उम्मेदवार निर्दोष विक्रम पौडेलले केही समूहहरूले निर्वाचन प्रक्रियालाई अवरुद्ध गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। उनले चेतावनी दिँदै भने, “यदि कुनै पनि बाहानामा जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीहरूले मतदान गर्न पाउँदैनन् भने, कास्की जिल्लाका अन्य क्याम्पसहरूमा पनि हामी चुनाब हुन दिँदैनौं!”


चुनाव निष्पक्ष बनाउन सबै पक्षलाई सचेत रहन आग्रह गर्दै पौडेलले शैक्षिक संस्थामा विद्यार्थीहरूको हकहित विपरीत कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे। उनले भने, “हामी निष्पक्ष निर्वाचन चाहन्छौं, तर यदि अराजक तत्वहरूले हस्तक्षेप गर्ने प्रयास गरे, त्यसको कडा प्रतिरोध हुनेछ।”


यसैबीच, विद्यार्थीहरू स्वतन्त्र र पारदर्शी निर्वाचनको माग गर्दै आन्दोलन गर्ने तयारीमा रहेको बुझिएको छ। जनप्रिय बहुमुखी क्याम्पसमा निर्वाचन सुचारु गर्ने कि अन्य क्याम्पसहरूमा पनि अन्योलता सिर्जना हुने भन्ने बहस तीव्र बनेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist