Saturday, April 19, 2025

आजको मिति: २०८२ बैशाख ६ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

प्रचण्डको आरोपपछि दुर्गा प्रसाईंको कडा प्रतिक्रिया: “१७,५०० को रगतले लतपतिएको सम्पत्ति कहाँ लग्नुभो?”

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्याैपाने
काठमाडौं — पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै राजसंस्थाप्रति तीव्र आलोचना गर्दै राजा ज्ञानेन्द्रलाई “मूर्तिचोर, भाइमारा” लगायतका आरोप लगाएपछि राजनीतिक वृतमा तीव्र प्रतिक्रिया व्यक्त भइरहेको छ।


यसैक्रममा, व्यवसायी तथा राजनीतिक विश्लेषक दुर्गा प्रसाईंले प्रचण्डको अभिव्यक्तिमाथि कडा प्रतिवाद गर्दै एकपछि अर्को गम्भीर प्रश्न उठाएका छन्। उनले भने, “प्रचण्डजी, म तपाईंको नजिक बसेर काम गरेको मान्छे हुँ। जनयुद्धका नाममा १७,५०० नेपालीको रगत बगाइयो, ५० हजारभन्दा बढी घाइते भए। त्यो सम्पत्ति कहाँ गयो? त्यसको हिसाब कसले दिने?”


प्रसाईंले माओवादी युद्धकालदेखि वर्तमान समयसम्मका विभिन्न घटनालाई जोड्दै प्रचण्डलाई प्रश्न गरे, “तपाईंका छोराले दुबईमा २६ सय करोड लगेको कुरा के हो? स्विजरल्याण्ड र अमेरिकामा घर किन्नुभयो, त्यो सम्पत्ति कहाँबाट आयो?” उनले थपे, “हिजो साधारण विवाह गर्नेहरूलाई भाटे कारवाही गर्ने तपाईं आफ्नै नातिनीको विवाह फाइभस्टार होटलमा गर्नुभयो। अरूलाई रक्सी खायो भनेर दण्ड दिने, तर तपाईंको घरमा एक करोडका रक्सी छन्!”


प्रसाईंले दरबार हत्याकाण्डको विषयमा समेत टिप्पणी गर्दै भने, “प्रचण्डजी, तपाईं अहिले दरबार हत्याकाण्डको कुरा निकाल्दै हुनुहुन्छ, तर २० वर्षसम्म चुप बस्नुभयो। राजा ज्ञानेन्द्रलाई दोष लगाउने तपाईंहरू नै त पश्चिमाहरूको योजनामा लागेर राजदरबारको बंशनाश गर्नेमध्येका मुख्य पात्र होइन र?”


प्रचण्डको पछिल्लो अभिव्यक्तिले पुनः राजसंस्था र माओवादीबीचको राजनीतिक द्वन्द्व सतहमा आएको देखिन्छ। एकातिर माओवादी अध्यक्ष राजसंस्थाप्रति आक्रामक देखिन्छन् भने अर्कातिर, उनका आलोचकहरू माओवादी युद्धका पुराना प्रसंग उठाउँदै उनलाई नै जवाफदेही बनाउने प्रयास गरिरहेका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist