Tuesday, May 6, 2025

आजको मिति: २०८२ बैशाख २३ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

धार्मिक पर्यटनसँग जोडिँदै पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा- पोखरा १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले अहिले पोखरालाई एक ऐतिहासिक र धर्ममय वातावरणमा ढालेको छ। देशभरका श्रद्धालुहरूको उपस्थितिले महायज्ञ स्थल भक्तिमय बनेको छ भने, यसले पोखरालाई धार्मिक पर्यटनको एक प्रमुख केन्द्रको रूपमा उजागर गर्न थालिएको छ।


जेठ २६ गतेसम्म सञ्चालन हुने यस विराट महायज्ञमा हरेक दिन एक सय कुण्डमा हवन, भजन, चुट्का प्रतियोगिता, रामायण प्रवचन र कथा वाचनजस्ता कार्यक्रमहरू भव्य रूपमा आयोजना भइरहेका छन्। भारतका प्रख्यात व्यासाचार्य प्रशान्त कृष्ण पराकुशजीद्वारा रामायण प्रवचन र सुप्रिया वाचिकाद्वारा कथा वाचन भइरहेको यस कार्यक्रममा दिनप्रतिदिन भक्तजनको सहभागिता बढ्दो छ।


महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले यसलाई “नेपालको पवित्र भूमिमा लेखिँदै गरेको ऐतिहासिक र धर्ममय अध्याय” भनी व्याख्या गर्दै भने, “यो सनातन संस्कृति, सामाजिक सद्भाव र आत्मिक जागरणको प्रतीक हो। यहाँबाट सम्पूर्ण देशले धार्मिक चेतना, सामाजिक एकता र मानव सेवाको सन्देश पाएको छ।”


यस महायज्ञमा नेपाल तथा विदेशबाट समेत साधु, सन्त र महन्तहरूको आगमनले कार्यक्रमको गरिमा अझ बढाएको छ। महायज्ञलाई थप प्रभावशाली बनाउन वाचन प्रवीण दिनबन्धु पोखरेल वैशाख २८ देखि जेठ ३ गतेसम्म आफ्नो झाँकी र संगीत समूहसहित ७ दिनसम्म कथा वाचन गर्ने तय गरिएको छ।


पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले कोटिहोमलाई धार्मिक पर्यटकहरूको आकर्षणको केन्द्रको रूपमा उल्लेख गर्दै भने, “पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन कोटिहोमले महत्वपूर्ण योगदान पुर्याएको छ।”


मूल आयोजक समितिका सह-निर्देशक युवक लामिछानेका अनुसार, “पोखरालाई धार्मिक पर्यटनसँग जोड्न कोटिहोमले ठुलो योगदान दिएको छ। भक्तजनहरू प्रतियोगिता होस् वा प्रवचन, सबै कार्यक्रममा सक्रिय छन्।”


मानव सेवा फाउन्डेसन नेपालका व्यवस्थापक विष्णु थापाले कोटिहोम महायज्ञ धार्मिक चेतनाको अभूतपूर्व संगम भएको उल्लेख गर्दै यसले सम्पूर्ण समाजलाई सकारात्मक ऊर्जा प्रदान गरिरहेको जानकारी दिए।


यस ऐतिहासिक कोटिहोम विराट ज्ञान महायज्ञले पोखरालाई मात्र होइन, सम्पूर्ण नेपाललाई धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा उदाहरणीय योगदान दिइरहेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist