Saturday, May 10, 2025

आजको मिति: २०८२ बैशाख २७ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

मनोहर युवा क्लबको ८औं अधिवेशन, २४औं साधारण सभा तथा रजत जयन्ती उत्सव भव्य रूपमा सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा – “आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं” भन्ने मूल नाराका साथ पोखरा–१४, मनकामना टोलस्थित मनोहर युवा क्लबको गौरवमय ८औं अधिवेशन, २४औं साधारण सभा तथा क्लब स्थापनाको २५औं वर्ष प्रवेश (रजत जयन्ती) कार्यक्रम २०८२ साल वैशाख २७ गते शनिबारका दिन भव्य रूपमा सम्पन्न भएको छ।


क्लबको लामो योगदान र सामाजिक सेवाको इतिहास उजागर गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्की, क्लबका वरिष्ठ सल्लाहकार जे.भी. कुँवर, संस्थापक अध्यक्ष ललित बहादुर बानियाँ, पूर्व अध्यक्ष रेशम जिसी, नारायण प्रसाद भण्डारी, सल्लाहकार इन्द्रमाया बानियाँ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।


साथै, सल्लाहकार राम बहादुर थापा, सुनिता केसी, मनकामना टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र केसी, मनकामना मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्ण बहादुर बानियाँ, राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष हरिकृष्ण कार्की, शुभकामना टोल विकास संस्थाका अध्यक्ष कृष्ण कुँवर लगायत स्थानीय समुदाय र सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको थियो।


८औं अधिवेशनबाट शैलेश बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा मिलन के.सी., सचिवमा अदित जी.सी., कोषाध्यक्षमा अञ्जन के.सी., सह–सचिवमा मेलिना बानियाँ चयन भएका छन् भने सदस्यहरूमा अनुप के.सी., मनीष के.सी., कृष्ण थापा, समीर जी.सी., पवित्रा के.सी., रचना बानियाँ कार्की रहेका छन्।


कार्यक्रममा क्लबको विगत २५ वर्षको गौरवमय यात्रा, सामाजिक कार्यहरू, उपलब्धिहरू र भावी योजनाहरू प्रस्तुत गरिनुका साथै आकर्षक सांस्कृतिक कार्यक्रमले समारोहलाई झनै रंगीन बनाएको थियो।


कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष बोध बहादुर कार्कीले समाजसेवा, युवा सशक्तिकरण र समुदाय विकासमा क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा युवामुखी कार्यक्रमहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


नवनिर्वाचित अध्यक्ष शैलेश बानियाँले क्लबको भौतिक संरचना सुधार गर्दै युवाहरूलाई खेलकुद र सामाजिक नेतृत्वमा सक्रिय बनाउने योजना प्रस्तुत गर्दै सबैको साथ लिएर क्लबलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रमको सञ्चालन क्लबका सचिव रविकिरण पराजुलीले गर्नुभएको थियो भने सभापति रामजी जिसीले कार्यक्रमको समापन गर्नुभएको थियो।


यो ऐतिहासिक अवसरले क्लबको सामाजिक योगदान र आगामी यात्रालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist