Sunday, May 11, 2025

आजको मिति: २०८२ बैशाख २८ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

हेमजा लियो क्लबको १०औं वार्षिक साधारण सभा सम्पन्न, मनीषा के.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Share on facebook
Share on twitter
Share on linkedin

कास्की — लियो जिल्ला परिषद् ३२५ जे नेपाल अन्तर्गत रहेको लियो क्लब अफ हेमजाले शनिवार १०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाबाट लायन वर्ष २०२५/२६ का लागि मनीषा के.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।


नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष लियो सन्तोष त्रिपाठी, दुतिय उपाध्यक्ष लियो रुविना कुँवर, तृतीय उपाध्यक्ष लियो उज्ज्वल त्रिपाठी चयन भएका छन्। यस्तै सचिवमा लियो दिव्या त्रिपाठी, कोषाध्यक्षमा लियो अस्मिता त्रिपाठी, सहसचिवमा लियो कविता त्रिपाठी र सह कोषाध्यक्षमा लियो अनुप अधिकारी चयन भए।


त्यसैगरी, पब्लिक रिलेसन अफिसरमा ममता दाहाल, महिला सशक्तीकरण संयोजकमा सम्पदा त्रिपाठी, अटिई संयोजकमा अनुष्का पाठक, स्वास्थ्य संयोजकमा कुशल अधिकारी, खेल संयोजकमा उत्कृष्टि दाहाल, प्रचारप्रसार संयोजकमा गोविन्द तिम्सिना, टेमरमा सिमरन थापा र टेलटुस्टिरमा स्नेह शर्मा निर्वाचित भए।


नवनिर्वाचित अध्यक्ष मनीषा के.सी.का अनुसार क्लबको पहिलो बैठकबाट अन्य पदाधिकारीको चयन गरिनेछ।


सन् २०१५ मा स्थापना भएको क्लबले पोखरा तथा आसपासका गाउँपालिका क्षेत्रमा सामाजिक सेवासँगै नेतृत्व विकासमा विभिन्न गतिविधि गर्दै आएको छ। नवगठित कार्यसमितिलाई लायन क्लब अफ हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठ, प्रथम उपाध्यक्ष कृष्णमान श्रेष्ठ, लियो हेमजाका संस्थापक अध्यक्ष सूर्यराज त्रिपाठी, लियो जिल्ला परिषद् ३२५ जे नेपालका पूर्व अध्यक्ष विष्णुप्रसाद दाहाल, विकास त्रिपाठी, सबिना तिम्सिना, विजय त्रिपाठी, निराजन अधिकारी र मनोज त्रिपाठी लगायतले शुभकामना दिँदै सामाजिकसँगै सिर्जनात्मक तथा रचनात्मक क्षेत्रमा सक्रिय बन्न प्रेरणा दिएका थिए।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist