Monday, May 12, 2025

आजको मिति: २०८२ बैशाख २९ ,सोमबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

प्रेस सेन्टर नेपाल गण्डकीले प्रदेश रजिस्ट्रारलाई पत्रकार सुरक्षासम्बन्धी ज्ञापनपत्र बुझायो

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा – प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रदेश प्रेस रजिस्ट्रार विमला भण्डारीलाई पत्रकारका हक, हित र सुरक्षासम्बन्धी विभिन्न मागहरू समेटिएको ज्ञापनपत्र बुझाएको छ।


आईतबार प्रदेश रजिस्ट्रारको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउँदै समितिले पत्रकारहरूको पेशागत स्वतन्त्रता, सामाजिक सुरक्षाको ग्यारेन्टी, मिडिया हाउसहरूमा श्रम ऐनको कार्यान्वयन, र सञ्चारकर्मीमाथिको दमन र हस्तक्षेप अन्त्य गर्न आग्रह गरेको हो।


यसैक्रममा, प्रेस सेन्टर नेपालले आईतबार देशभरका सञ्चार क्षेत्र हेर्ने सम्बन्धित कार्यालय र स्थानीय प्रशासनलाई पनि ध्यानाकर्षण गराउने उद्देश्यले ज्ञापनपत्र बुझाएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ।


केन्द्रीय प्रेस सेन्टरले देशभर सञ्चारकर्मीमाथि बढ्दो दवाव र असहज वातावरणलाई लिएर चासो व्यक्त गर्दै सरोकारवालासँग आवश्यक कदम चाल्न अपिल गरेको छ।


प्रेस सेन्टर नेपालका अनुसार पत्रकारिताको स्वतन्त्रता, निष्पक्षता र अधिकार सुनिश्चित नगरेसम्म समावेशी लोकतन्त्र सुदृढ नहुने भएकाले सम्पूर्ण तहका निकायलाई जिम्मेवार बन्नु जरुरी रहेको बताइएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist