क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष भरत बहादुर बस्नेतको निधन, पाँच दिन राष्ट्रिय शोकको घोषणा - Samanantar Media
Friday, May 30, 2025

आजको मिति: २०८२ जेष्ठ १७ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै
जैमिनीमा सबैभन्दा बढी बेरुजु, बरेङमा न्यून
Next
Prev

क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष भरत बहादुर बस्नेतको निधन, पाँच दिन राष्ट्रिय शोकको घोषणा

Share on facebook
Share on twitter
Share on linkedin

क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज भरत बहादुर बस्नेतको सोमबार ६७ वर्षको उमेरमा निधन भएको छ। उनी केही महिनादेखि पेट सम्बन्धी रोगको उपचारमा थिए।


पाँच दशकभन्दा लामो समयदेखि स्थानीय समाज विकास तथा निर्माण कार्यमा सक्रिय बस्नेत क्षत्री समाज नेपालको स्थापना तथा आन्दोलन कार्यक्रमहरूमा अग्रणी भूमिका निभाउँदै आएका थिए। महासचिव कृष्ण बहादुर थापाका अनुसार समाज सुधार र सामाजिक चेतनाका कार्यक्रमहरूमा उनको महत्वपूर्ण योगदान रहँदै आएको थियो। प्रष्ट वक्ताका रूपमा परिचित बस्नेत नेकपा एमाले गण्डकी प्रदेश समितिका पूर्व सदस्य समेत थिए। साथै, उनी टोल विकास संस्था तथा विभिन्न धार्मिक संस्थाहरूको विकासमा समेत सशक्त रूपमा संलग्न रहँदै आएका थिए।


उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै क्षत्री समाज नेपालले आकस्मिक बैठक बसेर पाँच दिनसम्म देशव्यापी शोक मनाउने र सातौं दिन शोकसभा आयोजना गर्ने निर्णय गरेको छ।


अन्तिम बिदाइ कार्यक्रममा क्षत्री समाज नेपालका अध्यक्ष रिब बहादुर थापा र सचिव शिव थापाले समाजको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए। शवयात्रामा विभिन्न राजनीतिक दलका सदस्यहरू, समाजका सबै तहका प्रतिनिधिहरू तथा विभिन्न संघ-संस्थाका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।


स्वर्गीय बस्नेतले तीन छोरा र एक ज्वाइँलाई परिवारमा छोडेका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist