Friday, May 16, 2025

आजको मिति: २०८२ जेष्ठ ३ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

आशिक गुरुङ नेपाली कांग्रेस गण्डकी प्रदेशको पर्यटन विभाग प्रमुखमा नियुक्त

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, गण्डकी — नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पर्यटन विभागको प्रमुखमा आशिक गुरुङलाई नियुक्त गरेको छ।


गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ४, धारा १३ (१०) झ बमोजिम कार्यसमिति सदस्य समेत रहेका गुरुङलाई पर्यटन विभाग प्रमुखको जिम्मेवारी दिएका हुन्।


पोखराका युवा पर्यटन व्यवसायीसमेत रहेका गुरुङले नियुक्तिपछि प्रतिक्रिया दिँदै भने, “गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन र विकासमा सक्रिय भएर लाग्नेछु।” उनले समग्र प्रदेशभरको पर्यटन सम्भावनालाई पहिचान गर्दै योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।


उनको नियुक्तिसँगै गण्डकी प्रदेशमा पर्यटन विकासका कार्यक्रमलाई थप गति मिल्ने विश्वास गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist