Friday, May 16, 2025

आजको मिति: २०८२ जेष्ठ ३ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

पिएन क्याम्पसमा स्ववियु नेताको दादागिरी, प्राध्यापकमाथि कार्यकक्षमै कुटपिट

Share on facebook
Share on twitter
Share on linkedin

पृथ्वीनारायण क्याम्पस, पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का केही नेताहरुको गुन्डागर्दी शैलीका गतिविधिले क्याम्पस वातावरण त्रसित र तनावग्रस्त बनेको छ। पछिल्लो घटनामा व्यवस्थापन संकायका उपप्राध्यापक एवं अनुसन्धान विभाग प्रमुख देवीलाल शर्मामाथि स्ववियु नेताहरुले कार्यकक्षमै कुटपिट गरेका छन्।


बैशाख ३० गते, मंगलबार पौने १२ बजेको समयमा प्राध्यापक शर्मालाई स्ववियु सचिव विराट दुवाडीको नेतृत्वमा आएको समूहले क्याम्पस प्रमुखको कार्यकक्षभित्रै आक्रमण गरेको हो। घटनामा संलग्न व्यक्तिहरुमा स्ववियु सदस्य सुशिल अधिकारी र विद्यार्थी अमृत विक पनि थिए।


उक्त आक्रमण शैक्षिक भ्रमणका क्रममा विद्यार्थी अमन परियारमाथि प्राध्यापकले प्रयोग गरेको भनिएको अपमानजनक शब्दको विषयमा छलफल भइरहेकै बेला भएको बताइएको छ। छलफलकै क्रममा शारीरिक हमला भएको स्पष्ट प्रमाण सीसीटिभी फुटेजबाट पुष्टि भएको छ।


एकातर्फ जातीय विभेदको आरोप छ भने अर्कोतर्फ शैक्षिक संस्था भित्रै जिम्मेवार पदमा रहेका विद्यार्थी नेताहरुबाट प्राध्यापकमाथि भएको भौतिक आक्रमणले क्याम्पसमा गम्भीर अस्थिरता र डरको वातावरण सिर्जना गरेको छ। शिक्षण र अध्ययनको माहोलमा असर पर्न थालेको भन्दै विद्यार्थी, प्राध्यापक तथा अभिभावकहरु चिन्तित बनेका छन्।


सम्बन्धित निकायले घटना गम्भीर रुपमा लिएर आवश्यक छानबिन र कारवाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने आवाज चुलिँदै गएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist