पोखरा — पोखरा महानगरपालिका वडा नं १४ स्थित शान्ति टोलका सामुदायिक विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीलाई राइट फर चिल्ड्रेन नेपालको विशेष सहयोगमा ड्रेस तथा पाठ्यसामग्री वितरण गरिएको छ।
जम्मा १५०,००० रुपैयाँ बराबरको ड्रेस र शैक्षिक सामग्री वडा नं १४ का वडा अध्यक्ष बाेध बहादुर कार्कीको हातबाट विद्यार्थीहरूलाई प्रदान गरिएको हो।
उक्त वितरण कार्यक्रमले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमका दौरान वडा अध्यक्ष कार्कीले राइट फर चिल्ड्रेन नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता सहयोग कार्यक्रमले अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो।
विद्यालय प्रशासन र अभिभावकहरूले पनि विद्यार्थीको शैक्षिक यात्रा सहज बनाउने यस्ता पहलप्रति आभार व्यक्त गरेका छन्।