Tuesday, July 22, 2025

आजको मिति: २०८२ श्रावण ७ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

कास्कीमा अविरल वर्षासँगै विपद्‌को उच्च जोखिम: जिल्ला प्रशासन कार्यालयद्वारा सुरक्षा सतर्कता अपनाउन आग्रह

Share on facebook
Share on twitter
Share on linkedin

कास्की जिल्लामा निरन्तर भइरहेको मनसुनजन्य अविरल वर्षाका कारण संभावित प्राकृतिक विपद्‌को जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, कास्कीले सावधानी अपनाउन आम नागरिकहरूलाई अनुरोध गरेको छ। गृह मन्त्रालयअन्तर्गतको कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै नागरिक सुरक्षाका लागि विभिन्न सुझावहरू सार्वजनिक गरेको हो।


सूचनामा उल्लेख अनुसार मिति २०८२ साउन ३ गते रातिबाट कास्की जिल्लाका विभिन्न स्थानहरूमा निरन्तर वर्षा भइरहेको र मौसम पूर्वानुमान अनुसार आगामी दिनहरूमा पनि भारीदेखि मध्यम वर्षा हुने सम्भावना रहेकाले सावधानी आवश्यक रहेको जनाइएको छ।


जिल्ला प्रशासन कार्यालयले निम्न बुँदाहरूमा विशेष ध्यान दिन आग्रह गरेको छः


१. उच्च जोखिमयुक्त सडक खण्डहरूमा रातिको समयमा सवारी आवागमनलाई व्यवस्थापन गर्न यसअघि मिति २०८२/०३/२५ र २०८२/०३/३१ मा जारी सूचनाहरूको पालना गर्न,
२. अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नु परेमा मौसम विभागका सूचना अनुसार उच्च सतर्कता अपनाउन,
३. सवारी साधन सचेत र संयमपूर्वक सञ्चालन गर्न र यातायात व्यवसायीहरूलाई चालक/सहचालकलाई जानकारी गराउन,
४. नदी किनार, पहिरोको जोखिमयुक्त क्षेत्र, भिरालो र उच्च पहाडी क्षेत्रका बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन,
५. विपद्‌का घटनाहरू भएमा तुरुन्त स्थानीय तह, जनप्रतिनिधि, प्रहरी वा प्रशासनलाई जानकारी गराउन,
६. विपद् सम्बन्धी सत्य र सटीक सूचनाको प्रवाह गरी पूर्वतयारी तथा प्रतिकार्यमा सहयोग पु¥याउन आग्रह गरिएको छ।


जिल्ला प्रशासन कार्यालय कास्कीले सबै क्षेत्रका नागरिकहरूलाई सचेत रहन, अफवाहहरूमा नलाग्न र आधिकारिक सूचनाहरूको मात्रै पालना गर्न पनि अनुरोध गरेको छ। साथै, स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वयमा रहेर सम्भावित विपद् व्यवस्थापनमा तयारी अवस्थामा रहन आग्रह गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist