नेपाली कांग्रेस बाग्लुङ्गका तरुण दल उपाध्यक्ष आदरणीय कृष्ण शर्मा दाजुलाई जनसम्पर्क समिति जापानले एक भव्य सम्मान कार्यक्रम आयोजना गरी सम्मानित गरेको छ। टोकियोमा सम्पन्न उक्त सम्मान समारोहमा नेपाली कांग्रेस जापानसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, अग्रज नेता तथा प्रवासी नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त सम्मान केवल कृष्ण शर्माको राजनीतिक योगदानको कदर मात्र नभई, उहाँले पार्टी र समाजप्रति देखाउनुभएको इमान्दारिता, समर्पण र निष्ठाको प्रतिफलको रूपमा पनि लिइएको छ। लामो समयदेखि नेपाली कांग्रेसलाई सशक्त बनाउँदै युवापुस्तालाई पार्टीमा आकर्षित गर्न तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएका शर्माको सक्रिय भूमिका प्रशंसनीय रहँदै आएको छ।
उहाँको नेतृत्वमा नेपाली कांग्रेस बाग्लुङ्गको तरुण दल सशक्त र संगठित बन्न पुगेको छ। त्यसैगरी, प्रवासमा रहेका नेपाली समुदायसँग सहकार्य गर्दै आपसी सम्बन्ध मजबुत बनाउने दिशामा उहाँले खेल्नुभएको भूमिकाको समेत जापानमा आयोजित यस सम्मान कार्यक्रममार्फत स्पष्ट अभिव्यक्ति भएको छ।
कार्यक्रममा वक्ताहरूले श्री शर्माको कार्यशैली, व्यवहार र समर्पण भावनाको प्रशंसा गर्दै उहाँजस्ता युवानेताहरूको सहभागिताले पार्टीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रमले प्रवासी नेपालीहरूबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने, मातृभूमिप्रतिको निष्ठा बलियो बनाउने र राष्ट्रिय हितमा सहकार्यलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।
कृष्ण शर्माको जापान भ्रमणले राजनीतिक सन्देशसँगै आपसी मित्रता, सहयोग र समझदारीको वातावरण निर्माणमा पनि सघाउ पुर्याउने विश्वास गरिएको छ। उहाँले प्रवासी नेपालीबीच संगठन, जागरण र ऐक्यबद्धता कायम गर्दै नेपाली कांग्रेसको सशक्त उपस्थिति प्रवासमा समेत कायम राख्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले कृष्ण शर्माको आगामी यात्रा सुखद, सफल र फलदायी होस् भन्ने शुभकामना व्यक्त गर्दै, भविष्यमा उहाँले अझ ठूलो जिम्मेवारी सम्हाल्दै देश र समाजको हितमा उल्लेखनीय योगदान दिन सफल होऊन् भन्ने अपेक्षा समेत राखेका थिए।