कुशेऔँसी सनातन हिन्दु परम्परामा भदौ महिनाको अमावस्याका दिन मनाइने महत्वपूर्ण पर्व हो। यस दिनलाई पिता–दिवसको रूपमा समेत मनाइन्छ। जसले बाबाआमा जीवित हुनुहुन्छ, उहाँहरूलाई विशेष सम्मान र माया प्रकट गर्छन् भने, दिवंगत आमाबाबु वा पूर्वजको आत्माको शान्तिका लागि श्राद्ध, तर्पण, दान गरी पितृ–तारण गर्ने प्रचलन छ।
म हाल हङकङमा बस्दैछु। मेरो स्थायी घर पर्वत अर्थर डाँडाखर्क हो। आज, बाबा मुख हेर्ने यस विशेष दिनमा, टाढा भए पनि बाबा र बाजे सम्झना मनभित्र छचल्किएको छ।
👉 बाबासगँसम्झना “सानो छँदा हाम्रो लागि भनेर बाबाले अर्को ठाउँमा कति दुःख गर्नुभयो, त्यो माया र त्यागलाई म कहिल्यै बिर्सिन सक्दिनँ। अहिले बाबा हुनुहुन्छ, तर बाबाको माया के हो भन्ने कुरा जीवनमा अझै बुझ्दै छु। आजको दिनमा झन् धेरै सम्झेकी छु। हजुर जहाँ हुनुहुन्छ, सधैं स्वस्थ र खुशी रहनुहोस्।”
बाजेसँगको सम्झना “मेरो बाजे याक बहादुर गुरुङ (८९ वर्ष) हुनुहुन्छ। भौतिक रूपमा टाढा भए पनि उहाँको माया, स्नेह र आशीर्वाद मेरो जीवनमा सधैं मार्गदर्शक बनेको छ। बाबाभन्दा पनि बढी माया दिनुहुने बाजे, तपाईँकै कारण म आज यो स्तरमा पुगेकी छु। धेरै सम्झेकी छु, बाजे। हजुर सधैं खुशी रहनुहोस्।”
यस दिनमा, बाबा र बाजे दुबैप्रतिको कृतज्ञता व्यक्त गर्दै, म सधैं हृदयमा उहाँहरूको माया, आशिर्वाद र सम्झना बोकेर अघि बढ्नेछु।