शान्तिका लागि संगीत’ नाराका साथ पोखराको बेगनास तालमा कार्तिक शुक्ल पूर्णिमाको अवसर पारेर विविध सांस्कृतिक तथा लोकसंगीत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

लेखनाथ मिडिया हाउस र चौतारी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पोखराको चर्चित सयपत्री ब्याण्ड तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिएका थिए। कार्यक्रमले बेगनास क्षेत्रको पर्यटकीय पहिचान र सांस्कृतिक समृद्धिलाई अझ प्रोत्साहन मिल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

कार्यक्रममा पोखरा, चितवन, भैरहवा, काठमाडौंलगायतका स्थानबाट आएका पर्यटन व्यवसायीहरू तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभ्य नेपाल साप्ताहिकका संचालक मिलन पौडेल र लेखनाथ मिडिया हाउसका संस्थापक सन्दीप पौडेलका अनुसार—
“स्थानीय पर्यटन प्रवर्द्धन र बेगनास क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।”
















