Thursday, December 18, 2025

आजको मिति: २०८२ पुष ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

पोखरा सडक महोत्सवमा ‘हिट्स अफ नाइन्टिज’ गुञ्जिने

Share on facebook
Share on twitter
Share on linkedin

यस वर्षको पोखरा सडक महोत्सव विशेष हुने भएको छ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने सडक महोत्सवमा यसपटक ‘हिट्स अफ नाइन्टिज’ कार्यक्रम मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने भएको हो।


लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा आयोजना हुने महोत्सवअन्तर्गतको मुख्य लाइभ सांगीतिक कार्यक्रम पोखरा कोमागाने पार्कमा हुनेछ। ‘हिट्स अफ नाइन्टिज’ नाम दिइएको उक्त कार्यक्रममा ९० को दशकमा उदाएका तथा स्थापित भएका चर्चित ब्याण्डहरूको लाइभ प्रस्तुति रहने आयोजक संस्था अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए। “यो सडक महोत्सवकै मुख्य आकर्षण हो,” उनले भने।


अंग्रेजी नयाँ वर्षको स्वागतमा आयोजना गरिने ५ दिने महोत्सवको मुख्य दिन न्यू इयर इभ स्पेसल कार्यक्रम रहनेछ। सो दिन एक्स–नेपथ्य गुञ्जिने आयोजकले बताएका छन्। उनका अनुसार उक्त दिन एक्स–नेपथ्यका ओरिजिनल भोकलिस्ट रविन श्रेष्ठ र गौतम गुरुङको विशेष प्रस्तुति रहनेछ।


न्यू इयर इभकै दिन अहिलेकी भाइरल डान्सर कार्टुन क्रुकी आस्मा विश्वकर्माले ‘चिकिरी–चिकिरी’ लगायतका लोकप्रिय गीतहरूमा नृत्य प्रस्तुत गर्दै माहोल तताउनेछिन्। साथै, चर्चित गायक तथा ब्याण्डहरू उज्जन शाक्य, डिमर्चा, लेकाली, देउराली र टुकी ब्याण्डले ९० को दशकका हिट गीतहरू लाइभ प्रस्तुत गरी चिसो मौसममा पनि स्टेज तातो बनाउनेछन्।


सांगीतिक उत्सवअन्तर्गत पुस १५ गते गुरुङ समुदायको ल्होसार विशेष कार्यक्रम आयोजना गरिनेछ। उक्त दिन दिउँसोदेखि साँझसम्म स्वप्न सुमन, केआर लिम्बु र चक्र ब्याण्डको प्रस्तुति रहनेछ। दिउँसोतर्फ प्रिती आले, देउराली ब्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुति हुनेछ भने दीवा कार्यक्रममा लोकदोहोरी गायकहरू पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतले दर्शक मनोरञ्जन दिनेछन्।


त्यसैगरी, पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता आयोजना हुनेछ। सोही दिन दिउँसोदेखि साँझसम्म इन्टर–स्कुल ब्याण्ड कम्पिटिसनका विजेता तथा उपविजेताहरूले सांगीतिक प्रस्तुति दिने जनाइएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist