पोखरा। माछापुच्छ्रे मिडिया एण्ड मल्टिपर्पोज प्रा।लिले खेलाडीलाई सम्मान गरेको छ । पाचौं पोथाना कप ७ ए साइड फुटबल प्रतियोगितामा प्रा।लिद्धार प्रकाशित मर्दिसेति डटकमबाट उपविजेता बनेका खेलाडीलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेमा टिम कोच कृष्णमान श्रेष्ठ, टिम क्याप्टेन सौरव कार्की, विकल भण्डारी, राज क्षेत्री, सरोज दाहाल, राजन केसी, अलिस बुढाथोकी, एञ्जल कुँवर, समीर कुँवर, सागर नेपाली, सोहित थापा मगर रहेका छन् ।

प्रा।लिले शनिबार एक कार्यक्रमको आयोजना गरी खेलाडीलाई नगद तथा सम्मान पत्रले सम्मान गरेको थियो । कास्की अन्नपूर्ण गाउँपालिका–७, पोथना सेतीग्रहा खेलमैदानमा हालै भएको फाइनल खेलमा मर्दीसेति डटकम अनलाई न्यूज पोर्टल समूह विट कप सँग ४–१ गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । उपविजेता मर्दीसेतिले नगद रु ४० हजार साथमा साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश महिला फुटबलका मुख्य प्रशिक्षक सुविन श्रेष्ठले प्रा।लिले स्थानीय खेलाडी प्रोत्साहन गर्ने काम गरेको भन्दै आफ्नो तर्फ बाट पनि खेल क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

माछापुच्छ्रे मिडिया मल्टिपर्पज प्रा।लिका सल्लाहकार प्रकाश चन्द्र सापकोटाले सूचना प्रविधिसँगै खेल क्षेत्रमा पनि अग्रसर भएर खेलाडीलाई प्लेटफर्म दिने काम यस मिडियाले गरेको भन्दै खुसी व्यक्त गरे ।
हेमजा युनाईटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले प्रालिले गर्ने हरेक गतिविधिमा आफ्नो र संस्थाको तर्फबाट सहयोग रहने बताए ।
माछापुच्छ्रे मिडिया एण्ड मल्टिपर्पोज प्रा।लिका अध्यक्ष निराजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेमजा युनाईटेको सदस्य मनोज त्रिपाठीले स्वागत र मर्दीसेति डटकमका सम्पादक विष्णु प्रसाद दाहाल ‘आभाष’ ले कार्यक्रम सञ्चालन गरेका थिए ।
















