मन्टेश्वरी एशोसिएसन कास्कीको अध्यक्षमा रितु पौडेल निर्वाचित भएकी छन् । शनिबार आयोजित दशौँ साधारणसभा एवं पाचौँ अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । जस अनुसार उपाध्यक्षमा रीता सुवेदी, सचिवमा अप्सरा अधिकारी, कोषाध्यक्षमा थिर बहादुर थापा, सह सचिवमा विष्णु प्रसाद घिमिरे चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा गोमा कार्की थापा, संगिता न्यौपाने, कल्पना रेग्मी, ऋना पौडेल, मोहन त्रिपाठी, विष्णु माया थापा जोजिजु, शर्मिला ताम्राकार , दीपकराम ढेवाजु छानिए । निर्वाचन कमिटी संयोजकमा अधिवक्ता दयाराम गौतम र सदस्यमा सावित्री मोक्तान र खिम क्षेत्री रहेका थिए ।

यस अगाडि दशौँ साधारणसभा एवं पाचौँ अधिवेशनको गण्डकी विश्वविद्यालयका कुलपती प्रोफेसर डाक्टर इन्द्र प्रसाद तिवारीले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा पोखरा महानगर पालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, जिल्ला रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष उर्मिला खड्का, संस्थापक अध्यक्ष अरुणा शेरचन, निवर्तमान अध्यक्ष शाल्भी बास्तोला मर्सानी, पूर्व अध्यक्ष मिलन केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष भवानी अधिकारीले संस्थाको भावी कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गरिन् । उनले आफ्नो कार्यकालमा चाइल्ड ट्यालेन्ट शो लगायतका केही महत्वपूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको बताइन् । अधिकारीले आफ्नो कार्यकालमा अभिभावक शिक्षा कार्यक्रमसँगै उत्प्रेरणात्मक कार्यक्रमहरू समेत गरिएको र शिक्षा विधेयकको विषयलाई लिएर सडकमा उत्रिएको समेत उल्लेख गरिन्।
उपाध्यक्ष रितु पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रितादेवी सुवेदीले गरेकी थिइन् । एशोसिएसन कास्कीमा ४० वटा मन्टेश्वरी आवद्ध छन् ।
















