Thursday, January 1, 2026

आजको मिति: २०८२ पुष १७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
पोखराका पत्रकार धनबहादुर गुरुङ पुरस्कृत
मर्दिसेति डट कमले ग¥यो खेलाडी सम्मान
Next
Prev

युनाईटेड क्लबको आयोजनामा १४औँ पोखरा महोत्सव पुस २९ देखि

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा । युनाईटेड क्लबको आयोजनामा १४औँ संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव पुस २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुनेछ ।



शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्दै देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक दिनेश सुनारले जानकारी दिए । उनका अनुसार महोत्सवमा करिब २ लाख २० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ ।



महोत्सवमा विभिन्न जातजातिको कला, संस्कृति, हस्तकलाका सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ । साथै पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्रीको प्रदर्शन र जानकारी प्रदान गरिने संयोजक सुनारले बताए ।



महोत्सवमा २५० वटा स्टल रहनेछन् । फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक तथा पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।



कार्यक्रममा रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, शान्तारानी परिवार, अस्मिता अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ । कन्सर्टतर्फ पूर्ण राई, डि मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकीलगायतले प्रस्तुति दिनेछन् ।



क्लबले पोखरा–२७ अर्चलडाँडामा युनाईटेड छात्रावास निर्माण गर्न लागेको क्लबका पूर्वअध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । महोत्सवबाट प्राप्त आम्दानी छात्रावास निर्माणमा खर्च गरिने उनले बताए ।



अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले विद्यालयको पठनपाठन तथा गतिविधिमा असर नपुग्ने गरी कार्यक्रम आयोजना गरिएको बताए । क्लबले विद्यालयलाई विभिन्न सहयोग गर्दै आएको र विद्यालयको जग्गा संरक्षणमा समेत भूमिका खेलेको उनले उल्लेख गरे ।



नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले उद्देश्यकेन्द्रित कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिँदै महोत्सवले स्थानीय व्यवसाय, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा कति योगदान पुर्‍याएको छ भन्ने विषयमा आयोजकले आत्ममूल्यांकन गर्नुपर्ने बताए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist